काठमाडौ–उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मंगलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो। सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
निषेधाज्ञाअनुसार आवागमन र सवारी साधन सञ्चालनमा रोक लगाइएपछि आज उपत्यकाका सडक खाली देखिएका छन् भने सुरक्षाकर्मीहरुले फाट्टफुट्ट हिँडेकाहरुलाई पनि रोकर सोधपुछ गरिएका छन्। केही स्थानमा बैंकमा जाने कर्मचारीहरुलाई पनि रोक लगाइएपछि आज उपत्यकाका सबै बैंक बन्द गरिएको बैंकर्स संघले जनाएको छ।














नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।