काठमाडौं- वैदेशिक रोजगार बोर्डले प्रदान गर्दै आएको आर्थिक सहायता भदौ १५ गतेसम्म बन्द रहने भएको छ। कोरोना महामारीको अवस्था भयावह बन्दै गएपछि बोर्डले साउन ३२ गतेदेखि भदौ १५ सम्म आर्थिक सहायता सेवा बन्द गर्ने भएको हो।
आर्थिक सहायताका लागि स्थानीय तहमार्फत् समेत निवेदन दिन सकिने भएकाले सम्बन्धित तहबाट निवेदन दिन सेवाग्राहीलाई बोर्डले आग्रह गरेको छ। बोर्डले शव ढुवानी सेवा भने निरन्तर गर्नेछ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको त्रिभुवन विमान स्थलदेखि घरठेगानासम्म शव ढुवानीका लागि बोर्डको वेबसाइट www.fepb.gov.np मा राखिएको निवेदन ढाँचामा [email protected] मा इमेल गरी निवेदन दिन सकिनेछ। यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा कलसेन्टर ११४१ मा फोन गरेर जानकारी लिन सकिने बाेर्डले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।