वासिंगटन– एच–१ बी भिसामा अमेरिका बस्दै आएकाहरुका लागि नियममा थप कडाइ गर्ने तयारी गरिएको छ। अमेरिकी सरकारले एच–१ बी भिसामा अमेरिका बस्दै आएका व्यक्तिहरुका श्रीमतीले कानुनी रुपमा काम गर्न नपाउने गरी नियम परिमार्जन गर्न लागेको छ। यो फैसला कार्यान्वयनमा आएमा नेपालीहरुलाई समेत प्रभाव पर्नसक्ने बताइएको छ।
अमेरिकाको संघीय एजेन्सीले सो नियम परिवर्तनका लागि कानून निर्माताहरुलाई जानकारी दिइसकेको छ। ट्रम्प प्रशासन कडा कानूनका आधारमा ओबामा सरकारले गरेका निर्णयहरु उल्टाउने दाउमा रहेको बताइएको छ।
यदि सो निर्णय कानुनको रुपमा आएका करिब ७० हजार एच–४ भिसाधारीलाई प्रत्यक्ष असर गर्नेछ। जसलाई ‘वर्क पर्मिट’ मिलेको छ।
एच–४ भिसा एच–१ बी भिसाधारी व्यक्तिका श्रीमतीहरुलाई प्रदान गरिने भिसा हो। यो भिसा लगाएर ठूलो संख्यामा भारतीयहरुसमेत अमेरिकामा रहँदै आएका छन्।
बराक ओबामा राष्ट्रपति पदमा रहँदा सो भिसाको व्यवस्था गरेका थिए। तर हालका राष्ट्रपति डोलाल्ड ट्रम्प भने यो भिसा खारेज गर्ने योजनामा छन्। अमेरिकी नागरिकता तथा बसाइसराइ विभाग(युएससीआइएस)का निर्देशक फ्रान्सिस् सिस्नाका अनुसार आउने सिजनको अन्तिमसम्म यो नियम सम्बन्धमा औपचारिक आदेश आइसक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।