काठमाडौं– सुन तस्करी मुद्दामा फरार एक चिनियाँ महिला विमानस्थलमा पक्राउ परेकी छिन्। काठमाडौं आउने क्रममा जे झोङलाई अध्यागमन कार्यालयले मंगलबार दिउँसो पक्राउ गरेको हो।
एयर एसियबाट काठमाडौं आएकी उनी अध्यागमनको ‘अराइभल’मा पक्राउ परेकी हुन्। उनी आफुहरुको ‘ब्लाकलिष्ट’मा रहेकाले पक्राउ गरी प्रहरीलाई बुझाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलियाले बताए।
पासपोर्ट नम्बर इ ३७४७६९८७ भएकी उनी डेढ वर्षदेखि नेपाल प्रहरीको फरार सूचिमा थिइन्। स्रोतका अनुसार विभिन्न सुन तस्करीका घटनामा उनको संलग्नता देखिएको थियो। केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)को सिफारीसमा उनी अध्यागमनको ‘ब्लाकलिष्ट’मा परेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।