काठमाडौं- समाज कल्याण परिषद्ले आफ्नो निकायमा दर्ता भएका गैरसरकारी संस्था र कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आग्रह गरेको छ।
परिषद्ले एक सूचना जारी गर्दै सबै गैरसरकारी संस्थालाई कोषमा आवद्ध हुन अपिल गरेको हो।
परिषदमा दर्ता भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरू तथा त्यहाँ आबद्ध कर्मचारीहरुलाई कोषमा अनिवार्य सूचीकृत हुन आग्रह गरेको हो।
कोषमा हालसम्म १२ हजार ५ सय ९६ रोजगारदाता र १ लाख ७० हजार ६ सय ९३ श्रमिक सूचीकृत भएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।