काठमाडाैं- न्याय परिषद्ले लिखित परीक्षामा उर्तीण भएका २४ र परीक्षापछि रिक्त रहेको पाँच पदमा जिल्ला न्यायाधीशको पद गरी २९ जिल्ला न्यायाधीशको सिफारिस गरेको छ।
बुधबार बसेको परिषद्को बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा समक्ष नियुक्त गर्न सिफारिस गरेको हो। मंगलबार न्यायाधीशको परीक्षा लिने निकाय न्याय सेवा आयोगले जिल्ला अदालतमा उर्तीण हुनेहरुको अन्तिम सूची प्रकाशित गरेको थियो।
उक्त सूचीको आधारमा परिषद्ले सिफारिस गरेको हो। परीक्षामा उर्तीण भएकाबाहेक कानुन सेवाका ५ जनालाई नियुक्तिको लागि परिषद्ले सिफारिस गरेको हो।
उपरजिष्ट्रारहरु आनन्दप्रसाद श्रेष्ठ, रोशनकुमार भट्टराई, इजलाश अधिकृत सकुन्तला कार्की, उपन्यायाधिवक्ता निर्मला योङहाङ र उपसचिव दुर्गा गुरुङको नाम सिफारिस गरेको हो। परीक्षामा पाँच जनाको कोटा पूर्ति हुन नसकेपछि परिषद्ले विभिन्न अदालतमा कार्यरत रहेका न्याय सेवाका कर्मचारीबाट सिफारिस गरेको हो।
यी हुन् परीक्षमा उर्तीण २४ न्यायाधीश


यी हुन् सिफारिस भएका पाँच नयाँ न्यायाधीश

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।