काठमाडौं– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा डा पुष्प कँडेललाई नियुक्त गरेकाे छ। मंगलबारको मन्त्रिपरिषद्को बैठकले डा कँडेललाई नियुक्त गरेको हो।
त्यस्तै, आयोगको सदस्यहरुमा डा कृष्णप्रसाद ओली, उषा झा, गिरीबहादुर गुरुङ, सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँल नियुक्त भएका छन्।
रिक्त भएको २ महिनापछि आयोगमा नियुक्ति भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।