काठमाडौ– संघीय संसद् सचिवालयले संसद्को बजेट अधिवेशन बैसाख २३ गते बोलाउन सरकारसँग प्रस्ताव गरेको छ।
नीति तथा कार्यक्रम र बजेटपूर्वको छलफलका लागि ढिलामा २३ गते अधिवेशन आह्वान गर्न उपयुक्त हुने रायसहित सचिवालयले सरकारलाई प्रस्ताव गरेको सचिवालयका प्रवक्ता भरत गौतमले बताए।
संवैधानिक व्यवस्था अनुसार अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुनेछ। संसद्को पहिलो अधिवेशन चैत २० गते अन्त्य गरिएको थियो। निर्वाचनपछि फागुन २१ गतेदेखि पहिलो अधिवेशन बोलाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।