यराभान– हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानीलगायतका प्रमुख शहरहरूमा प्रदर्शन भएपछि सोमबार पदबाट राजिनामा दिएका छन्।
‘वर्तमान अवस्थामा समस्या समाधानका कैयौँ उपाय थिए तर मैले ति कुनै पनि रोज्न चाहिन,’ सार्गस्यानले भने, ‘मैले राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीको पदबाट बिदा लिँदैछु।’
प्रतिपक्षी समूहको पहलमा भएको आन्दोलनमा देखिएको आफू विरूद्धको जनप्रदर्शनको सम्मान गर्दै राजिनामा दिएको प्रधानमन्त्री सार्गस्यानले बताए।
अर्मेनियाका प्रतिपक्षी सांसद तथा सिभिल कन्ट्र्याक्ट पार्टीका नेता निकोल पासिन्यानको नेतृत्वमा अर्मेनियाका मुख्य शहरहरूमा सार्गस्यानले सत्तामोहका कारण मुलुकलाई अनिर्णयको बन्दी बनाएको भन्दै प्रदर्शन भएको थियो।
उनले गत अप्रिल १७ गतेदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।