काठमाडौं- वैदेशिक रोजगारीका क्रममा साउदीमा ज्यान गुमाएका ९५ श्रमिकले पाउन बाँकी रहेको १४ करोड ५४ लाख ६८ हजार ९ सय ६१ रकम दूतावासले पठाएको छ।
मृतकका परिवारले सम्बन्धित कम्पनीबाट बुझ्न बाँकी रहेको तलब, भत्ता, सर्भिस बेनिफिट तथा ब्लडमनी बापतको रकम दूतावासले काठमाडौंस्थित कन्सुलर सेवा विभागको खातामा ट्रान्सफर गरेको हो।
यो रकम मृतकका हकवालाले प्राप्त गर्न सक्नेछन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।