काठमाडौं– नेपाली जनताको संघर्ष तथा बलिदानीबाट बनेको संविधानमाथि धावा बोल्दै वाम गठवन्धनको सरकार बिस्तारै अधिनाकयवादी शैलीमा अघि बढ्न लागेको आरोप नेपाल विद्यार्थी संघले लगाएको छ।
मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसको भातृ संगठन नेविसंघले वाम गठवन्धनको सरकारले विरोध प्रदर्शन लागि समेत निषेधित क्षेत्र बनाउँदै अधिनाकयवादी शैलीको सुरुवात गरेको आरोप लगाएको छ।
तत्काल १२औँ महाधिवशेन गर्न माग
संघले तत्काल नेविसंघको १२औँ महाधिवेशन बोलाउन पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेको छ। नेविसंघले संघका अध्यक्षले केन्द्रिय समितिको बैठकबिनानै विधान विपरित आमन्त्रित केन्द्रिय सदस्यहरुको मनोनित गरेकाले तत्काल खारेज हुनुपर्ने माग गरेको छ।
त्यस्तै बलियो कांग्रेसका लागि सशक्त नेविसंघ अभियान विद्यार्थीको बिचमा लगि संगठनलाई बलियो र मजवुत बनाइने जारी विज्ञप्तिमा उल्लेख छ।
‘१२औं महाधिवेशनको सुनिश्चिताका लागि तत्काल विधान सम्मेलन राखी अधिवेशनको तिथि मिति तय गर्न र सहमती, सहकार्य र समझदारी अनुसार विधि र विधानमा टेकी अगाडी बढाउन २०७४ पुस ९ र वैशाख १० गते पार्टी सभापतिलाई बुझाएको माग सम्बोधन नभएमा थप आन्दोलनमा उत्रने छौँ।।’ विज्ञप्तिमा उल्लेख छ।
संगठनका उपाध्यक्षहरु खड्क बहादुर डाँगी, प्रकाश राना, शर्मिला थपलिया, नविन राई र सागर परियारले विज्ञप्ति जारी गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।