दीपेन्द्र गजुरेल
म्याड्रिड- नेपाली नयाँ वर्ष २०७५ लाई स्पेनबासी नेपाली समुदायले भव्य रुपमा मनाएका छन्। स्पेनस्थित आधा दर्जन जति सामाजिक संघसंस्थाले नयाँ वर्षको अवसरमा नेपालीहरुको भेला गराई मनाएका हुन्।
गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति म्याड्रिडले म्याड्रिडबासी नेपालीलाई भेला गरेर नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न सांगीतिक साँझको आयोजना गरेको थियो। कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका उदीयमान गायक कृष्ण काफ्लेले आफ्नो प्रस्तुति दिएका थिए। गायक काफ्लेले आफ्नो चर्चित गीत 'देख न चम्पा, सुनन चम्पा हाम्रा त तम्रा बाहेक को छ र?, पर्खपर्ख मायालु म पनि त आउँला जस्ता गीतले म्याड्रिडबासी नेपाली तथा स्पेनीलाई मनोरञ्जन गराएका थिए।
यसैगरी, बार्सिलोनास्थित जनसम्पर्क समिति स्पेनले पनि नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा सांगीतिक कार्यक्रम आयोजना गर्यो। नेपाल आइडल बुद्ध लामा, निशान्त भट्टराई र प्रताप दासलाई स्टेजमा उतारेर भव्य रुपमा कार्यक्रम सम्पन्न गरेको जनसम्पर्क समितिका महामन्त्री रामप्रसाद सापकोटा विराजले बताए।

यस्तै जनप्रगतिशिल मञ्च, नेपाली प्रवासी मञ्च, कास्की 8 जस्ता संस्थाले कार्यक्रम गरी नयाँ वर्ष मनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।