बेरुत- लेबनानको राजधानी बेरुत सहरमा गत मंगलबार भएकोे शक्तिशाली विस्फोटमा ४३ सिरियाली नागरिकको मृत्यु भएको लेबनानस्थित सिरियाली दूतावासले जनाएकाे छ।
दूतावासले लेबनानका अधिकारीहरूले घोषणा गरेको १५४ मृतकमा आफ्ना ती नागरिकको परेका विज्ञप्तिमा उल्लेख गरेको छ।शनिबार जारी गरिएकाे विज्ञप्तिमा भनिएको छ, 'विस्फोटमा परी मृत्यु हुने सिरियालीको संख्या ४३ पुगेको हामीलाई प्रष्ट जानकारी प्राप्त भएको छ। यो घटनामा अन्य केही सिरियालीले पनि ज्यान गुमाएका हुनसक्छन्। तर यसबारे पुष्टि हुनेगरी सूचनाहरू प्राप्त भएका छैनन्।'
दूतावासले केही मृतकहरूलाई स्वदेश पठाउने र लेबनानमा आफन्त रहेका वा सिरिया पठाउन कानुनी समस्या भएका अन्य शवलाई लेबनानमा नै अन्त्येष्टि गरिने जनाएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले बेरुत बन्दरगाहमा मंगलबार भएको विस्फोट पछि ६० भन्दा बढी मानिस अझै बेपत्ता रहेको बताएको छ।
(रासस-एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।