एजेन्सी– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानेजले अस्ट्रेलियाका नेपाली समुदायलाई दसैँको शुभकामना दिएका छन् ।
उनले प्रधानमन्त्री कार्यालयबाट एक सूचना जारी गरेर दसैँको शुभकामना दिएका हुन् ।
सत्यको असत्यमाथिको जितको कुरा निकाल्दै प्रधानमन्त्री एल्बानेजले भोटेकोसी त्रिशूली बाढीको संकेत गरेर नेपालीको दुःखको समय भएको पनि स्मरण गरेका छन् ।
उनले अंग्रेजीमा दिएको शुभकामनाको अन्तिममा नेपाली भाषामा शुभकामना दिँदै भनेका छन्, ‘विजया दशमीको शुभकामना ।’
गत ८१ औँ संयुक्त राष्ट्रसंघको महासभामा पुगेका एल्बानेजले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग भेट गरेका थिए । नेपालमा बाढी आएको समयमा बालेनलाई फोन गरेर उनले चिन्ता व्यक्ति गर्दै सहायता सामग्री पनि पठाएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।