काठमाडौं– भारतीय सेनाका एडजुटेंट जनरल लेफ्टिनेन्ट जनरल वीरेश प्रताप सिंह कौशिक नेपाल भ्रमणमा आएका छन्।
उनको भ्रमणका क्रममा नेपालमा रहेका भारतीय सेनाका पूर्वसैनिकसँग अन्तरक्रिया गर्नुका साथै उनीहरूका लागि सञ्चालित कल्याणकारी योजनाको समीक्षा गर्ने कार्यक्रम छ।
भारतीय सेनाले उनको नेपाल भ्रमण सुरु भएको जानकारी दिँदै पूर्वसैनिकको हित र कल्याणका लागि सञ्चालित कार्यक्रमहरूको समीक्षा भ्रमणको प्रमुख उद्देश्य रहेको जनाएको छ।
कौशिकले नेपालमा रहेका भारतीय सेनाका पूर्वसैनिकसँग भेटघाट तथा छलफल गर्नेछन्। त्यस क्रममा उनीहरूका लागि उपलब्ध कल्याणकारी सुविधा र योजनाको अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको छ।
भारत र नेपालबीचको परम्परागत सैन्य सम्बन्ध तथा मैत्रीपूर्ण सहकार्यको सन्दर्भमा उनको भ्रमणलाई हेरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।