काठमाडौं– काठमाडौंको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई काठमाडौंको कपन बस्ने ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई कपन बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे छन् ।
काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी दानबहादुर थापाका अनुसार प्रधानाध्यापकलाई घिमिरेको निर्देशनमा दाहालले मुक्का र लात्ती प्रहार गरेका हुन्। दाहालले विद्यालयमा कार्यरत महिला शिक्षकलाई लक्षित गरी अश्लील शब्द प्रयोग गर्ने, गालीगलौज र धम्कीसमेत दिने गरेका थिए ।
एसपी थापाका अनुसार पक्राउ परेका दुवै जनामाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।