काठमाडौं– विभिन्न चार्टर्ड उडानमार्फत २ सय ४६ शव नेपाल ल्याइएको छ। रोजगारीका लागि विदेशिएका विभिन्न कारणले ज्यान गुमाएका २ सय ४६ नेपालीकाे शव स्वदेश ल्याएर परिवारलाई बुझाइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।
उनीहरूकाे काेराेना भाइरसबाहेक अन्य कारणले मृत्यु भएकाे थियाे। लकडाउन भएयता मलेसियाबाट ८४, साउदीबाट ७७, कतारबाट ४९, युएईबाट १८, कुवेतबाट १०, बहराइनबाट ६, ओमान र युएईबाट १/१ गरी २४६ शव स्वदेश ल्याई परिवारलाई बुझाइएको हो।
१७२ शव परिवारको सहमतिमा विदेशमै अन्त्यष्टि गरिएको छ। विदेशमा ज्यान गुमाएका ७६ नेपालीकाे शव अझै व्यवस्थापन गर्न बाँकी रहेको बोर्डले जनाएको छ।
कोरोना संक्रमण सुरु भएदेखि शुक्रबारसम्म मलेसिया, साउदी, कतार, युएईलगायत मुलुकमा ४ सय ९४ नेपालीले ज्यान गुमाएको बोर्डले जनाएको छ। विदेशमाम ज्यान गुमाउनेमा ४७९ पुरुष र १५ महिला छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।