Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सीमावर्ती बजारबाट दैनिक हजारौं लिटर डिजेल भारत 'सप्लाई', अभाव खेप्दै नेपालका व्यवसायी

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ११, २०७५  ०९:३६
1140x725

नेपालगन्ज- नेपाल आयल निगमले उपभोक्तालाई सहुलियतमा वितरण गर्न पेट्रोल पम्पलाई उपलब्ध गराएको डिजेल निर्बाध रुपमा भारत 'सप्लाई' भइरहेको छ। तराईका सीमावर्ती बजारमा भित्रने भारतीय सवारीसाधनले दैनिक हजारौं लिटर डिजेल भरेर फर्कने गरे पनि नियन्त्रणका लागि प्रभावकारी काम भएको छैन। यसका कारण नेपाली व्यवसायीलाई डिजेल अभाव हुने देखिएको छ।

भारतबाट मालसामान ल्याएर नेपालगन्ज आउने सानाठूला भारतीय नम्बरका सवारीले यहाँका पेट्रोल पम्पबाट फुल ट्यांकी तेल भरेर फर्कने गरेका छन्।

भारतमा भन्दा नेपालमा डिजेल प्रतिलिटर १८ रुपैयाँ सस्तो भएका कारण यहाँ आउने प्राय: सबै सवारीसाधनले तेल भरेरै फर्कने गरेका हुन्। भारतमा डिजेलको मूल्य प्रतिलिटर ६५ रुपैया भारु (१ सय ४ नेपाली रुपैयाँ) छ भने नेपालमा डिजेल प्रतिलिटर ८६ रुपैयाँ पर्छ।

खुल्ला सिमानाका कारण दैनिक ठूलो संख्यामा नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनले नेपालबाट फाइदा लिने गरेका हुन्। 

बाँकेको नेपालगन्जस्थित सीमावर्ती क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी सहायक निरीक्षक रवीन्द्र कठायतका अनुसार भारतको रुपैडिया नाका हुँदै नेपालगन्जमा दैनिक सरदर २ सय ३० वटा मालवाहक ट्रक तथा २ सय २० वटा  साना सवारी नेपालगन्ज भित्रन्छन्। ती सवारीले नेपालका पेट्रोल पम्पमा तेल भर्नु सामान्य देखिए पनि भारत फर्कंदा कति तेल लिएर फर्कन्छन् र त्यसले नेपाललाई कति धेरै नोक्सान भइरहेको छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। 
 
साना सवारीमा ५० लिटर क्षमताको ट्यांकी हुन्छ भने ठूला ट्रकमा ५ सय लिटर क्षमता हुन्छ। लरीहरुमा ५/५ सय लिटर क्षमताका २ वटासम्म ट्यांकी हुन्छन्। 

भारतबाट दैनिक खाद्यान्न, सिमेन्टको कच्चा पदार्थ, मेसिनरी उपकरण, मोटर पार्टसका सामान, घरेलु प्रयोजनका विभिन्न सामान बोकेर आउने सवारीसाधनलाई भाडाबापत भारतीय रुपैयाँ नै दिनुपर्छ। नेपालमा सहज रुपमा भारतीय रुपैयाँ पाउन गाह्रो छ। भारु साटेर दिनुभन्दा व्यापारीले भाडा बापतको रकमबाट कट्टा हुनेगरी भारतीय सवारीमा डिजेल भरिदिने गरेका छन्। यसका कारण नेपालमा डिजेलको माग बढ्दै गएको मध्यपश्चिम पेट्रोलियम डिजेल व्यवसायी संघ नेपालगन्जका अध्यक्ष टिपी न्यौपानेले बताए।

प्रतिलिटर १८ रुपैयाँ सस्तो पर्ने भएपछि भारतीय सवारीका चालकहरु पनि नेपालमा फुल ट्यांकी तेल भर्न चाहन्छन्।

भारतीय सवारीका चालक सोनु सिंहका अनुसार भारतमा भन्दा नेपालमा डिजेल प्रतिलिटर १० रुपैया भारु सस्तो भएकाले धेरैजसो चालकहरुले नेपालमै तेल भरेर फर्कने गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

'मैले मात्रै एक सय लिटर तेल दिएर रोक्न सकिँदैन। अर्को पम्पमा गएर भरिहाल्छन्,' एक पेट्रोल पम्पका सञ्चालक भन्छन्, 'व्यावारीको चाहना धेरैभन्दा धेरै तेल बिकोस् भन्ने हुन्छ। त्यही भएर माग अनुसार तेल दिने गरेका छौं।'

भारत फर्कने सवारीसाधनले दैनिक कति लिटर तेल भरेर फर्कन्छन् भन्ने यकिन तथ्यांक नभए पनि औसत ४० हजार लिटरसम्म तेल भारत निर्यात भइरहेको मध्यपश्चिम पेट्रोलियम डिजेल व्यवसायी संघ नेपालगन्जका अध्यक्ष टिपी न्यौपानेले बताए।

'मूल्यमा अन्तर हुँदासम्म त्यसलाई रोक्न धेरै कठिन छ,' अध्यक्ष न्यौपाने भन्छन्, 'यस्तो समस्या देशभर नै छ। माथिल्लो तहबाटै नियन्त्रणको पहल नभएसम्म हामीले मात्र रोक्न सक्दैनौं।' 

नेपालमा सामान लिएर भारत फर्कने सवारीलाई गन्तव्य पुग्नका लागि एक सय लिटरसम्म मात्रै डिजेल दिन पम्प व्यवसायीहरुलाई आग्रह गरिएको उनले बताए।

Xtrem

Xtrem

नेपालगन्ज डिपोले दैनिक ३ लाख लिटर डिजेल बिक्री गर्दै आएको छ। त्यसको करिब १० प्रतिशत डिजेल भारततर्फ जाने गरेको व्यवसायीहरु बताउँछन्।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०७५  ०९:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा बिहीबार, असोज २२, २०८३
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० बिहीबार, असोज २२, २०८३
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्