काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि १२ जनाले आवेदन दिएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत असार १७ गते प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन मागेको थियो।
२१ दिन अवधि दिई मागिएको आवेदनमा अतुल उपाध्याय, टेकबहादुर बम, दिनेश कुमार यादव, रघु राज काफ्ले, योगेन्द्र गौचन र अभिषेक कुमार ठाकुरले आवेदन दिएका छन्। त्यस्तै, रामदेव यादव, अनिल कुमार झा, डोलिन्द्र प्रसाद शर्मा, विनोद कुमार जोशी, नेपाल भुषण वैद्य र मोहन प्रकाश चन्दको पनि आवेदन परेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
आवेदन परेका व्यक्तिहरुलाई २६ गतेदेखि २९ गतेसम्म व्यवसायिक कार्ययोजनाको प्रस्तुतीका लागि समय तोकिएको छ। निवेदन परेका व्यक्तिहरुबाट सरकारले एकजनालाई ३ वर्षको पदावधि रहने गरी कार्यकारी प्रमुख छान्ने छ। सिइओको लागि आवेदन माग्दा मन्त्रालयले नेपाल सरकार वा सरकारको लगानी भएको पूर्ण वा आंशिक लगानीमा स्थापना भएको सार्वजनिक संस्थानमा कम्तीमा ७ वर्ष कार्य अनुभव भएको व्यक्ति मात्रै आवेदन दिन योग्य रहने उल्लेख गरेको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।