काठमाडौं– राष्ट्रिय बाणिज्य बैंकका सहायक प्रबन्धक ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। बर्दिबास शाखामा कार्यरत सहायक प्रबन्धक जगदिश काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार घुससहित पक्राउ गरेको हो।
उनले कर्जा स्वीकृत गर्न घुस मागेका थिए। आयोगको टोलीले कार्यकक्षबाटै उनलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।