वासिङ्टन– अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार १ जना नग्नरूपमा आएका बन्दूकधारीले रेष्टुरेन्ट बाहिर पार्किङ स्थलमा उभिइरहेका केही व्यक्तिमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ। घटनामा अन्य २ जना घाइते भएका छन्।
अमेरिकी सञ्चारमाध्यम एबीसीले जनाएअनुसार आक्रमणकारीको गोली लागि २ जनाको घटनास्थलमा, १ जनाको प्रहरीको नासभिल प्रहरी विभागको कार्यालयमा र १ जनाको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको छ।

आक्रमणकारीलाई घटनास्थलसम्म पुर्याएको गाडी २९ वर्षीय ट्राभिस रेङ्किङको नाममा दर्ता रहेको र घटनामा उसको संलग्नता भएको आशङ्कामा उक्त व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको छ।
घटनाबारे जानकारी गराउँदै वाफल हाउस, ३५७१ मफरिसबोरो पाइकमा परिचय नखुलेको नाङ्गै आएको एक व्यक्तिले बिहान ३ः२५ बजेको समयमा गोली चलाउँदा ४ जनाको मृत्यु भएको र २ जना घाइते भएका प्रहरीले ट्वीटरमार्फत जानकारी गराएको छ।
आक्रमणकारीको हतियार रेष्टुरेन्टका १ जना लगानीकर्ताले खोसेपछि उक्त व्यक्ति खाली खुट्टा भागेको बताइएको छ। रासस/सिन्ह्वा/बिबिसी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।