काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् ६० हजार बेरोजगार युवाहरुले रोजगारी पाएको दाबी गरेको छ।
शुक्रबार मन्त्रालयको वार्षिक समिक्षा प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् ६० हजार ६० जनाले रोजगारी प्राप्त गरेको दावी गरेको हो। ती बेरोजगार युवाहरुले औषत कति दिनको रोजगारी प्राप्त गरे भन्ने सन्दर्भमा भने मन्त्रालयले खुलाएको छैन।
यस सम्बन्धमा स्थानीय तहमार्फत् आवश्यक विवरण आउन बाँकी रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।