काठमाडौं-विदेशबाट निःशुल्क स्वदेश फर्काउनुपर्ने अवस्थाका श्रमिकहरुको तथ्यांक संकलन सुरु भएको छ।
ओमानस्थित नेपाली दूतावासले विदेशबाट आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुको तथ्यांक संकलन सुरु गरेको हो।
कोरोनाका कारण ओमानमा समस्यामा परी आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई स्वदेश फिर्ताका लागि आवेदन दिन दूतावासले आग्रह गरेको छ।
वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत् नेपाली श्रमिकहरु स्वदेश फर्काउन सरकारले जारी गरेको निर्देशिकाको मापदण्डभित्र रहेका श्रमिकहरुलाई आवेदन दिन दूतावासले आग्रह गरेको हो ।
आवेदनको ढाँचा ओमानस्थित नेपाली दूतावासको वेबसाइटमा राखिएको छ। यस सम्बन्धमा थप बुझ्नु परेमा दूतावासको हटलाईन ७१५९२४९० मा सम्पर्क गर्न सकिने जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।