सिओल– दक्षिण कोरिया र उत्तर कोरियाका शिर्ष नेताहरुको शिखर सम्मेलनको तयारीका लागि दुवै देशका उच्च अधिकारीको बैठक बस्ने भएको छ।
झण्डै पाँच दिनपछि हुने शिखर सम्मेलनको तयारीलाई अन्तिम रुप दिन दुवै देशका उच्चअधिकारीको बैठक सोमबार बिहान बस्न लागेको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले आइतबार जनाएको छ।
कार्यकारी भूमिकामा रहेका उच्चअधिकारी तहको सोमबार हुने बैठक तेस्रो हुनेछ। यसअघि दुई ओटा बैठकबाट उनीहरुले शिखर बैठकको लागि धेरै निर्णय र कामहरु गरिसकेका छन्।
उनीहरुले शिखर बैठकको सुरक्षा व्यवस्था, मर्यादा क्रम र मिडिया व्यवस्थापनलगायतका विषयमा निर्णय गर्ने भएका छन्।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इन र उत्तर कोरियाका नेता किम जोङ उनबीच यही अप्रिल २७ तारिखका दिन औपचारिक भेटवार्ता गर्ने तयारी भएको छ।
शिखर सम्मेलन उत्तर कोरियासँगको सीमा क्षेत्रमा पर्ने दक्षिण कोरियाको पान्मुन्जोम भन्ने ठाँउमा रहेको पिस होममा गर्ने यसअघि नै तय भइसकेको छ।
विगतमा लामो समय एक आपसमा तितो सम्वन्ध रहेका दुई कोरियाका शिर्ष नेताहरुको शिखर सम्मेलनलाई संसारभरी नै महत्वका साथ हेरिएको छ। रासस÷सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।