काठमाडौं-कोरोना संक्रमणका कारण विदेशको रोजगारी गुमाएर फर्कनु भएको छ ? वा देशभित्रै भइरहेको रोजगारी गुम्यो ? रोजगारी गुमेर चिन्तामा हुनुहुन्छ भने अब तपाईंहरुले आफ्नो सीपअनुसारको काम अनलाईनमार्फत् नै पाउन सक्नुहुनेछ।
कोरोनाका कारण रोजगारी गुमाएका श्रमिकहरुलाई रोजगारी उपलब्ध गराउने उद्धेश्यले युकेएडआईडी र नेपाल सरकारको सहकार्यमा बिहीबारदेखि ‘अब देशमै छ रोजगारी’ नामक कार्यक्रम सुरु गरिएको छ।
रोजगारी कार्यक्रममा सहभागी हुनका लागि रोजगारी डट कममा क्लिक गरेर आफूलाई पायक पर्ने स्थानमा आफ्नो सीपअनुसारको काम खोज्न सकिन्छ।
कामका लागि आफ्नो विवरण दर्ता गर्नुपर्नेछ । तपाईँलाई कुन स्थानमा काम चाहिएको हो सो स्थान तपाईँ आफैंले छनोट गर्न सक्नुहुन्छ।
आफूलाई अनुकूल हुने स्थान छानिसकेपछि के काम चाहिएको हो ? अर्थात् के सीप छ ? सीपअनुसारको काम छनोट गर्नुपर्ने हुन्छ । भरेको विवरण गलत भए सच्याउन पाइन्छ। यस्तै तपाईंको कम्पनीमा कर्मचारी आवश्यक छ भने पनि यो प्लेटफर्ममार्फत् कर्मचारी खोज्न सक्नुहुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।