काठमाडाैं- चालु आर्थिक वर्ष २०७७/७८ मा करिब २५ सय कर्मचारीले अवकाश पाउने भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राष्ट्रिय किताबखाना (निजामती)का अनुसार चालु आवमा २ हजार ४ सय ८० जना सरकारी कर्मचारीले अवकाश पाउने भएका हुन्। तर किताबखानाले यसलाई अनुमानित विवरण भनेको छ।
अवकाश पाउने अनुमानित कर्मचारीको सूची किताबखानाले निकालेको हो। उनीहरुलाई उमेर तथा सेवा अवधिका कारण अवकाश दिन लागिएकाे किताबखानाले जानकारी दिएको छ।
किताबखानाले निकालेको सूचनामा अनिवार्य अवकाश पाउने कर्मचारीले अवकाश हुने मितिभन्दा ६ महिना अगावै निजामती सेवा नियमावली २०५० को अनुसूची १७ (क) बमोजिम फारम भरी बहाल रहेको कार्यलयमार्फत् राष्ट्रिय निजामती किताबखानामा पठाउनुपर्ने हुन्छ।
अवकाश पाउने अनुमानित कर्मचारीकाे विवरण:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।