काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी यतिखेर संकटमा रहेको बताएका छन्।
पुष्पलाल स्मृति दिवसका अवसरमा आयाेजित कार्यक्रममा प्रचण्डले अर्का अध्यक्ष केपी ओलीको पहलमा एमाले पार्टी दर्ता भएको उल्लेख गर्दै पार्टीलाई फुटबाट जोगाउने हदै प्रयास गरिने बताएका छन्।
‘पार्टीको विवाद समाधान गर्न वार्ता हुँदाहुँदै मुर्दावाद र जिन्दावादको नारा प्रधानमन्त्रीकै तर्फबाट लाग्यो, नीतिभन्दा पनि व्यक्ति प्रधान भयो,’ उनले भने।
नेपालकाे नक्सा पार्टीको बलमा प्रकाशित भए पनि व्यक्तिले गरेजस्तो देवत्वकरण गरिएकाे पनि उनकाे गुनासाे थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।