• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून्

64x64
अनिकेत तिवारी मंगलबार, साउन २६, २०८३  ०८:५०
1140x725

उपकुलपति ज्यू,

जुनसुकै उपकुलपति आउँदा विश्वविद्यालय नबन्नुमा पहिलो जिम्मेवार विद्यार्थीलाई नै बनाउने गरिन्छ। यो कुनै नौलो विषय होइन। विद्यार्थीलाई कक्षामा नियमित बनाउनु पनि तपाईंहरूको प्रमुख जिम्मेवारीमध्ये एक हो। विद्यार्थी कक्षामा उपस्थित हुनुपर्छ, परीक्षा दिन मात्र विश्वविद्यालय आउने प्रवृत्ति उचित होइन। त्यस्ता विद्यार्थीलाई ‘खुला विश्वविद्यालय जानुस्’ भन्नुहुन्छ भने यस अर्थमा तपाईंले उठाउनुभएको कुरा आंशिक रूपमा सही छ।

तर एउटा गम्भीर प्रश्न सोध्न चाहन्छु—विश्वविद्यालय आउन खोज्ने, पढ्न खोज्ने विद्यार्थीले कक्षाको समयमा कक्षाकोठाभन्दा पुस्तकालय किन बढी रोज्छन्? यसबारे ख्याल गर्नुभएको छ?

आफ्नो शैक्षिक पाठ्यक्रम पढ्न विश्वविद्यालय आएको विद्यार्थीको भीड पुस्तकालयमा किन हुन्छ? अझ त्यहाँ पनि सबैभन्दा ठूलो भीड जागिरका लागि लोकसेवा तयारी गर्ने विद्यार्थीको किन हुन्छ?

हामीले विद्यार्थीलाई मात्र दोष दिने कि हाम्रो उच्च शिक्षा नीति पनि यसका लागि जिम्मेवार छ?

हाम्रो उच्च शिक्षा नीतिले विद्यार्थीलाई सक्षम शैक्षिक विज्ञ, अनुसन्धानकर्ता, नवप्रवर्तक र व्यावसायिक जनशक्ति बनाउने लक्ष्य राखेको हो कि केवल एउटा उपाधि हातमा दिने?

आज त्रिभुवन विश्वविद्यालयका कति विद्यार्थीले वास्तविक अनुसन्धान गर्न पाएका छन्? कति विद्यार्थीले नवप्रवर्तन गर्न पाएका छन्? कति वटा क्याम्पसमा अनुसन्धान, नवप्रवर्तन तथा नीतिगत प्रयोगशालाको अवधारणा छ?

कहिले हामीले पाठ्यक्रमको सिद्धान्तलाई व्यावहारिक सीपसँग जोड्ने? कहिले शिक्षालाई रोजगारीसँग जोड्ने? कहिले विद्यार्थीले विश्वविद्यालयबाट केवल प्रमाणपत्र होइन, क्षमता लिएर निस्कने वातावरण बनाउने?

Ncell 2
Ncell 2
nimb
nimb

त्रिविमा भविष्य बनाउन चाहनेहरूका लागि पनि सोचौँ

अर्को महत्वपूर्ण प्रश्न—त्रिविमै भविष्य बनाउन चाहनेहरूका लागि त्रिवि सेवा आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम सर्वेक्षण) कहिले सम्पन्न गर्ने?

विश्वविद्यालयलाई जनशक्ति, संरचना र सेवा प्रवाहका हिसाबले व्यवस्थित बनाउनुपर्ने विषयमा कहिले बोल्ने?

हामीलाई त्रिवि आंशिक रूपमा होइन, पूर्ण रूपमा अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता र नीतिमुखी विश्वविद्यालय बनेको हेर्न मन छ। यसका लागि पनि विद्यार्थीलाई मात्र दोष दिने?

Xtrem

Xtrem

उपकुलपति ज्यू, विद्यार्थीलाई प्रविधिसँग जोड्ने र विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउने कुरा त्रिविको दृष्टि–२०३० मा छ। तर कक्षामा आउन नसकेको विद्यार्थीलाई ‘खुला विश्वविद्यालय जाऊ’ भनेर मात्र समाधान खोज्ने हो भने प्रश्न फेरि उहीँ आउँछ—समस्या विद्यार्थीमा मात्र छ?

दूर तथा खुला शिक्षा केन्द्र वा खुला विश्वविद्यालयमा जाऊ भन्नुभएको भए पनि केही हदसम्म बुझ्न सकिन्थ्यो। तर तपाईंले त सिधै विश्वविद्यालय नै परिवर्तन गर्न सुझाव दिनुभयो।

कक्षा नआउने विद्यार्थीलाई खुला विश्वविद्यालय जाऊ भन्दै गर्दा त्रिविका कक्षाकोठामा जुत्ता–चप्पल घोटेर पढिरहेका विद्यार्थीहरू पनि भेटिन्छन्। ती विद्यार्थीले तपाईंसँग ‘हामीले गुणस्तरीय शिक्षा किन पाएनौँ?’ भनेर प्रश्न गरे भने हामीले उनीहरूलाई फेरि काठमाडौं विश्वविद्यालय पठाउने कि त्रिविमै गुणस्तरीय शिक्षा पाउने वातावरण बनाउने, उपकुलपति ज्यू?

मेरो बुझाइमा समस्या विद्यार्थी मात्र होइन। समस्या नेतृत्वमा पनि छ, उच्च शिक्षा नीतिमा पनि छ, संरचनामा पनि छ र हाम्रो कार्यशैलीमा पनि छ।

विद्यार्थी प्रतिनिधिलाई सुधारको साझेदार बनाऔँ

एकपटक हरेक क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति तथा विद्यार्थी प्रतिनिधिलाई पार्टीगत संकुचित सोचभन्दा माथि उठाएर विश्वविद्यालय सुधारको साझेदारका रूपमा राखेर हेर्नुस्।

उनीहरूलाई केवल आन्दोलन, नाराबाजी र विरोधसँग जोडेर नहेर्नुस्।

साँच्चिकै त्रिवि बनाउने हुटहुटी छ भने संवाद गर्नुस्। तपाईं शिक्षा मन्त्रालय धाइरहनै पर्दैन। त्रिवि दिवस पनि विद्यार्थीबिनै मनाइरहनु पर्दैन, उपकुलपति ज्यू।

तपाईंले चाहनुभयो भने विद्यार्थी नेताहरूले नै हरेक क्याम्पसका कमजोरी, समस्या र सुधार गर्नुपर्ने क्षेत्रको सूची तपाईंलाई देखाइदिन सक्छन्। क्याम्पस प्रमुखले विविध कारणले देख्न नसकेका धेरै विषय विद्यार्थी प्रतिनिधिले दैनिक जीवनबाट देखिरहेका हुन्छन्।

यस्ता विषय धेरै छन्। आज लेखिरहेको कुरा तपाईंको त्यो एउटा छोटो भिडियो हेरेपछि लेख्न मन लागेको केही कुरा मात्र हुन्।

म तपाईंहरूजस्तो विज्ञ प्राध्यापक होइन। नामको अगाडि ‘डा.’ लेखिएको पनि छैन। तर विश्वविद्यालयको एउटा विद्यार्थीका रूपमा, विद्यार्थी प्रतिनिधिको नाताले मैले देखेको र बुझेको विश्वविद्यालयका केही अंशबारे मात्र लेखेको हुँ।

चित्त दुखे पनि, राम्रो लागे पनि वा नलागे पनि—यो केवल कटाक्ष मात्र होइन। म यस विषयमा तपाईंलाई समाधानसमेत दिन सक्ने ल्याकत राख्छु र सार्वजनिक रूपमा ‘त्रिविमा यी समस्या छन्’ भनेर त्यसको तथ्य र तर्कसहित प्रतिरक्षा गर्न सक्ने क्षमता पनि राख्छु।

तपाईं नयाँ त्रिविमा हुनुहुन्छ, उच्च शिक्षामा होइन। हामी आशावादी छौँ।

त्रिविलाई बनाउनुहोस्, साँच्चिकै बनाउनुहोस्।

त्रिविका पाँच लाख विद्यार्थी मात्र देखेर गर्व नगर्नुहोस्। त्यस्ता विश्वविद्यालय संसारमा साँच्चिकै औँलामा गन्न सकिने संख्यामा छन्, उपकुलपति ज्यू।

तर हाम्रो त्रिविमा अन्तर्राष्ट्रिय विद्यार्थीको सहभागिता र अनुभव कति छ?

तपाईं नयाँ त्रिविमा आउनुभएको छ, तर तपाईंको जिम्मेवारी उच्च शिक्षाको भविष्य निर्माण गर्ने नेतृत्वको हो। त्यसैले सबै थरीका फूल फुल्न सक्ने बगैँचा बनाउनुस्।

अनुसन्धान, नवप्रवर्तन, शैक्षिक स्वतन्त्रता र विश्वव्यापी अनुभवका हिसाबले हामी अझै अब्बल हुन सकेका छैनौँ।

यसको जिम्मेवार पहिलेको राजनीतिक हस्तक्षेप हो कि राजनीतिक नियुक्ति—त्यतातिर पनि बहस गर्न सकिन्छ। तर राजनीतिक नियुक्ति भएका व्यक्तिहरू पनि प्राध्यापक तथा डाक्टर नै थिए। ती तपसिलका विषय हुन्, अहिले त्यता नजाऔँ।

हाम्रो प्रश्न जीवन्त छ—

त्रिविमा अन्तर्राष्ट्रिय विद्यार्थीको सहभागिता कति छ?
अन्तर्राष्ट्रिय सहकार्य कति छ?
विद्यार्थी आदान–प्रदान कार्यक्रमको अवस्था कस्तो छ?
त्रिविको अनुसन्धान उत्पादन कस्तो छ?
नवप्रवर्तन कति भएको छ?
स्नातक तह पूरा गरेका विद्यार्थीको रोजगारी क्षमता कस्तो छ?
उद्योग–विश्वविद्यालय सम्बन्ध कति बलियो छ?
नीति अनुसन्धानमा त्रिविको योगदान कति छ?

यी प्रश्नहरूको उत्तर खोज्नुपर्छ।

विद्यार्थीलाई अनुशासन पनि चाहिन्छ

विद्यार्थीलाई अनुशासन चाहिन्छ—निश्चित रूपमा।

कक्षामा नियमितता चाहिन्छ—निश्चित रूपमा।

परीक्षा दिन मात्र विश्वविद्यालय आउने प्रवृत्तिको अन्त्य हुनुपर्छ—निश्चित रूपमा।

तर त्यससँगै विश्वविद्यालयले विद्यार्थीलाई कक्षामा नियमित भएर बस्न प्रेरित गर्ने, सिक्न उत्साहित बनाउने, अनुसन्धान गर्न अवसर दिने, सीप विकास गराउने र भविष्यका लागि सक्षम बनाउने वातावरण पनि निर्माण गर्नुपर्छ।

विद्यार्थीलाई मात्र दोष दिएर विश्वविद्यालय बन्दैन।

विश्वविद्यालय विद्यार्थी, प्राध्यापक, कर्मचारी, नेतृत्व, नीति र संरचनाको साझा प्रयासबाट बन्ने हो।

त्यसैले उपकुलपति ज्यू, विद्यार्थीलाई समस्याको रूपमा होइन, समाधानको साझेदारका रूपमा हेर्नुस्।

हामी आलोचना गर्न मात्र चाहँदैनौँ। हामी त्रिवि बनेको हेर्न चाहन्छौँ।

साँच्चिकैको अनुसन्धानमुखी, नवप्रवर्तनमुखी, उद्यमशील, नीतिमुखी र विश्वस्तरीय त्रिभुवन विश्वविद्यालय।

हामी आशावादी छौँ, उपकुलपति ज्यू।
अब तपाईंको नेतृत्वमा त्रिविले त्यो आशालाई वास्तविकतामा बदलोस्।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  ०८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अनिकेत तिवारी
लेखकबाट थप
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
‘विश्वासको शिर कहिल्यै झुक्ने छैन’ : डा. चन्द्रकान्त भण्डारी सोमबार, असोज २६, २०८३
विजय व्यक्तिगत होइन, कांग्रेस रूपान्तरणको साझा सङ्कल्प हो : उदय शमशेर राणा सोमबार, असोज २६, २०८३
दीर्घकालीन पुनर्निर्माणको चरणमा सरकारसँग हातेमालो गरी मातृभूमिको ऋण चुकाउन संघ तयार : अध्यक्ष डा. शर्मा सोमबार, असोज २६, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्