काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको भेलामा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन्।
गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै देउवा समूहले २९ गते काठमाडौंमा भेला राखेको हो।
राष्ट्रिय भेलामा नेता कोइराला पनि सहभागी हुने कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए।
थपलियाका अनुसार २९ गतेको भेला एकताको आह्वान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । उनले भने, ‘यो भेला विभाजनको भेला होइन, एकताको भेला हो ।’
पार्टीभित्रको आन्तरिक विवाद चर्किँदै गएपछि इतर समूहले विभिन्न गतिविधि गर्दै आए पनि कोइराला भने समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित बैठकहरूमा सहभागी भएका थिएनन् । तर, कोइरालाले राष्ट्रिय भेलामा भने सहभागी हुने निर्णय गरेका छन् ।
देउवा समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजना गर्न लागेको छ । उक्त भेलालाई पूर्वसभापति देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
आधिकारिकता विवादमा सर्वोच्चबाट निस्सा पाएपछि यो समूह हौसिएको छ। फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी विभाजनको सम्भावना तत्काललाई टरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।