काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले हामी कुन देशमा छौँ भन्ने प्रश्नको उत्तर खोजिरहेको बताएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले देशमा सुरक्षा नभएको बताएका हुन्।
‘हामी देशमा त छौँ तर कस्तो देशमा छौँ भन्ने कुराको उत्तर खोजिरहेका छौँ। यस्तो देश हाम्रो भयो जुन देशको प्रधानमन्त्रीले हामीले छिमेकी मुलुकको सिमाना मिचेका छौँ भन्नुपर्ने, त्यस्तो देश जुन देशमा सुरक्षा छैन। न्याय छैन, सेवा सुविधा र अवसर छैन। राज्यले सबैभन्दा पहिला दिनुपर्ने सुरक्षा हो। नागरिक आज सुरक्षित छैनन्। सांसद पनि सुरक्षित छैनन्’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।