कञ्चनपुर– पत्रकार खेम भण्डारी एक महिनापछि जेलमुक्त भएका छन् । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसम्बन्धी गाली बेइज्जती मुद्दामा अदालतबाट दोषी ठहर भई कैद सजाय भोगिरहेका भण्डारी शनिबार जेलमुक्त भएका हुन् ।
भीमदत्त नगरपालिका–१८ कटानबाट उनलाई गत असार १८ गते प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको थियो ।
निर्मला पन्त प्रकरणका विषयमा प्रकाशित सामग्रीलाई लिएर परेको गाली बेइज्जती मुद्दामा कञ्चनपुर जिल्ला अदालतले २०८२ जेठ १ गते भण्डारीलाई दोषी ठहर गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई गाली बेइज्जतीको कसुरमा एक महिना कैद सजाय सुनाएको थियो ।
अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका भण्डारीले एक महिना कैद सजाय पूरा गरेपछि जेलमुक्त भएका हुन् ।
जेलमुक्त भएपछि पत्रकार भण्डारीले सञ्चारकर्मीसँग आफ्नो धारणा राखेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।