• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

५ जनाको हत्या गर्ने सिंजालीको बयान : जेल जानैपर्छ भने किन बाँच्न दिने भनेर पाँचै जना मारेँ

64x64
नारायण अधिकारी मंगलबार, साउन ६, २०७७  १५:४७
1140x725

काठमाडौं- गत जेठ २६ गते राति रुपन्देहीको तिलोत्तमा नगरपालिका- १० मैनहवास्थित गंगादेवी पशु फार्ममा ५ जनाको विभत्स हत्या भयो। कृष्णबहादुर पुन मगरले सञ्चालन गरेको उक्त फार्मका कामदार माधव मुसहर, उनकी श्रीमती जानकी मुसहर, कृष्णबहादुरकै घरमा बस्दै आएका पोखराज मुसहर र उनका दुई साथीहरु आषिश थारु र करण चौधरीको हत्या भएको थियो।

२६ गते राति घटना भए पनि २७ गते बिहानमात्रै उक्त हत्या घटना सार्वजनिक भयो। ‘पाँच जनाको लाश वरपर रगत, रगत लागेको फरूवा, वान्ता, नजिकै किंग फिसर लेखेको रक्सीको खाली बोतल, घटनास्थलबाट २ फिट पश्चिममा म्याजिक चप्पल, चप्पल नजिकै सिमसहितको मोबाइल’ प्रहरीले घटनास्थल मुचुल्कामा उल्लेख गर्‍यो।

यो पनि पढ्नुहोस्

५ जनाको हत्या आरोपमा एक युवक पक्राउ, नशामा लठ्ठिएको अवस्थामा फेलामंगलबार, जेठ २७, २०७७

जानकी मुसहरको बायाँतर्फ निधारको भागमा काटिएको, घाँटीदेखि माथि टाउकोमा हड्डी समेत देखिने चोट रहेको, आशिष थारुको घाँटीको दायाँतर्फ चोट, घाँटीको अगाडि निलो डाम, दायाँ कानमाथि चोट, दायाँ आँखामाथि गहिरो चोट, दायाँ गालामा चोट। 

करण चौधरीको दायाँ कानमा चोट, घाँटीमा गहिरो चोट, दायाँ आँखा निलो भएको, बायाँ कानमाथि टाउकोमा छाला खुइलिएको। पोखराज मुसहरको बायाँ आँखामाथि चोट, बायाँ कानमाथि काटिएको गहिरो चोट, दायाँ आँखााथि चोट। माधव मुसहरको घाँटीको पछाडि हड्डी समेत फुटेको चोट, पछाडि ढाडको दायाँतर्फ खोस्रिएको चोट, बायाँ कानको बीचमा चोट, निधारको दायातर्फको केही भाग उठी च्याप्टो देखिएको व्यहोरासहितको लाशजाँच प्रकृति मुचुल्का जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उठायो। 

यो पनि पढ्नुहोस्

आवेगमा विवेक गुमाउँदा ५ जनाको हत्या : आरोपी सिंजाली भन्छन्- रिसले चुर थिएँ, हान्दिएँबिहीबार, जेठ २९, २०७७

nimb
nimb
Ncell 2
Ncell 2

यसरी जताततै शरीरभरी चोटैचोट लगाएर पाँच जनालाई हत्या गरेको आरोपमा सोही फार्ममा काम गर्ने सुर्खेतको लकेबेशी नगरपालिका- ५ का ३२ वर्षीय झसेन्द्रबहादुर सिंजालीलाई प्रहरीले सोही बेला पक्राउ गरेको थियो।

कर्तव्य ज्यानको आरोपमा जिल्ला अदालत रुपन्देहीले सिंजालीलाई पुर्पक्षका लागि जेल चलान गरेको छ। उनै सिंजालीले पाँच जनाको हत्या किन र कसरी गरेँ भन्ने विषयमा बयानमा खुलाएका छन्।

बेइज्जती खप्न सकिन : सिंजाली
म करिब ४/५ महिना अगाडि कामको खोजीमा बुटवल आएको थिएँ। मिति २०७७ साल वैशाख १६ गतेदेखि जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका- १० मैनहवास्थित कृष्णबहादुर पुन मगरको गंगादेवी पशु फार्ममा काम गर्दै आएको थिएँ। उक्त फार्ममा मसँगै माधव मुसहर, जानकी मुसहर र पोखराज मुसहर समेतले काम गर्ने गर्दथे। पोखराज मुसहरका साथीहरु करण चौधरी र आशिष थारु पनि प्रायजसो फार्ममा आउने, सँगै खाने तथा त्यहीँ सुत्ने गर्दथे। 

मैले गाई, भैंसीलाई रताउने हिसाबले जुम्रा टिपिदिने, कन्याइदिने गर्थें। तर उनीहरुले मेरो श्रीमती साथमा नभएको कारण यसले गाई, भैंसीलाई करणी गर्छ भन्ने आरोप लगाए। यो कुरा साहु तथा गाउँघरमा समेत हल्ला गरी मेरो बेइज्जत गरेकाले मलाई रिस उठिराखेको थियो। 

त्यसपछि घटनाको करिब ३/४ दिन अगाडिदेखि यिनीहरुले मेरो बेइज्जत गर्न छाड्दैनन्। लकडाउन भएकोले घर जान पनि सकिँदैन। यिनीहरुले जहिले रक्सी र गाँजा खाएर पार्टी गर्छन्, त्यही दिन यिनीहरुलाई मार्छु र म पनि मर्छु भन्ने योजना बनाएँ। सोही योजनाअनुसार ३ प्याकेट मुसाको विष किनेर पनि ल्याएँ‚ र लुकाएर राखेँ। 

जेठ २६ गते साँझ फार्मको सबै काम सकेर अन्दाजी राति ९ बजेतिर म साहुको घरमा गई खाना खाँए। फार्ममा फर्किने क्रममा रक्सी किनेर ल्याएको थिएँ। फार्ममा गएपछि म खाटमा बसी रक्सी पिउन थालेँ। आशिष थारु, करण चौधरी र माधव मुसहरले भुईँमा बसी रक्सी पिउन थाले। पोखराज मुसहर भने मोबाइल चलाउँदै बसेका थिए। 

करण चौधरी र आशिष थारुले एउटै गिलासमा रक्सी पिउँदै मसँग चुरोट मागेर गाँजा समेत भरेर खाए। खाँदै जाने क्रममा मध्यरात भइसकेको थियो। समय यकीन थाहा भएन। उनीहरुले मलाई आफ्नै भाषामा जिस्क्याउन थाले। माधव मुसहरले मलाई यो पहाडियालाई काममा लदाउने, साहुलाई कुरा लगाएर पैसा पनि नदिने कुरा गरी कोदालोको बिँडले मलाई हान्न लाग्यो। 

मैले त्यो बिँड खोसेर उल्टै माधव मुसहरको टाउकोमा हानें। उनी भुईंमा लडे। त्यसपछि करण चौधरी मलाई हान्न आएका थिए। उनलाई लात्ताले र लौराले हानेर भुईँमा लडाइदिएँ। त्यसपछि आशिष थारु र पोखराज मुसहरलाई पनि क्रमैसँग लौराले टाउकोमा हानेर लडाएँ।

त्यही बेला जानकी मुसहर कराउँदै हातमा हँसिया लिएर आई र एक्कासी मलाई आक्रमण गरिन्। मैले छेक्न खोज्दा मेरो दाहिने हातको हत्केलामा काटिन पुग्यो। त्यसपछि मैले पनि  रीसको आवेगमा कोदालोको बिँडले पछाडिबाट उनको टाउकोमा हानेर भुईँमा ढाल्दिएँ। 

सबै जना भुईँमा लडिरहेका थिए। कोही बेहोस, कोही छट्पटाएका र कोही कराइरहेका थिए। अब जसरी पनि जेल जानैपर्ने भयो किन बाँकी राख्ने भन्ने सोचेँ। नजिकै रहेको फरुवाले पालैपालो सबैलाई टाउको, घाँटीलगायतको भागमा हानी काटेर कर्तव्य गरी मारेको हुँ। 

पाँचै जनालाई मारेपछि आफू पनि मर्न भनेर मैले आफ्नो पर्समा राखेको मुसाको विष (धुलो) र रक्सी समेत खाएको थिएँ। एक दुई पटक भोमिट पनि गरेको थिएँ। त्यसपछि बेहोस भएछु केही थाहा पाइनँ। पछि उपचारको लागि प्रहरीको गाडीमा अस्पताल लैजाँदै गर्दा होसमा आएको हुँ। जेठ २७ गते क्रिमसन अस्पताल मणिग्राम र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराई मिति जेठ २८ गते डिस्चार्ज भएँ। 

सिंजालीले बयानमा भनेजस्तै शव परीक्षण रिपोर्टमा पनि उनीहरुको मृत्युको कारण कुटपिटबाटै भएको देखिएको थियो। करण चौधरीको श्वास नलीमा चोट लागेकोले मृत्यु भएको, माधव, पोखराज र आशिषको टाउकोको हड्डी भाँचिई दिमागभित्र रगत जम्न गई मृत्यु भएको, जानकीको दिमागमा रगत जमेको हुनाले मृत्यु भएको हुनसक्ने शव परिक्षण रिपोर्टमा उल्लेख छ।

यो पनि पढ्नुहोस्

पाँच जनाको हत्या गर्ने युवकको बयान- अनि कोदालोले हानेर हत्या गरेंमंगलबार, जेठ २७, २०७७

यो पनि पढ्नुहोस्

रुपन्देही सामूहिक हत्या : मृतकको परिचय खुल्यो, तीन किशोर र श्रीमान्-श्रीमतीको हत्यामंगलबार, जेठ २७, २०७७

 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  १५:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी बुधबार, भदौ १०, २०८३
त्रिशूलीमा बाढीको जोखिम बढेपछि देउवाको अपिल, ‘समयमै सुरक्षित रहनुहोस्’ बुधबार, भदौ १०, २०८३
भोटेकोशी बाढी: त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो बुधबार, भदौ १०, २०८३
रसुवा बाढीमा गगनको अपिल : सरकारलाई पूर्ण सहयोग गर्छौँ, उद्धारमा जुटौँ बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्