• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

आवेगमा विवेक गुमाउँदा ५ जनाको हत्या : आरोपी सिंजाली भन्छन्- रिसले चुर थिएँ, हान्दिएँ

64x64
नारायण अधिकारी बिहीबार, जेठ २९, २०७७  १४:०७
1140x725

काठमाडौं– रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारका कृष्ण पुनमगरले पशु फार्म सञ्चालन गर्दै आएका थिए। करिब डेढ महिनाअघि कृष्णलाई फोन गर्दै उनको पशुफार्ममा काम गर्न तयार रहेको एक युवाले बताए।

उनले पनि ती युवाको प्रस्ताव स्वीकार्दै काम गर्न आउन भने। ती युवक कृष्णले सञ्चालन गरेको मैनहवास्थित गंगादेवी पशु फार्ममा काम गर्न थाले। यसरी डेढ महिना अघिदेखि गंगादेवी पशु फार्ममा काम गर्ने तिनै युवक हुन्, जसले ५ जनाको बिभत्स हत्या गरेका छन्। उनी हुन् सुर्खेतको लेकबेंसी नगरपालिका–५ घर भएका ३१ वर्षीय झसेन्द्र बहादुर सिंजाली। अहिले उनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा छन्।

‘पहिला नचिनेको नम्बरबाट फोन गर्दै काम गर्ने बताएको थियो,’ प्रहरी समक्ष पशु फर्म सञ्चालक कृष्णले भनेका छन्, ‘पछि बुझ्दा मेरै साथीको फार्ममा काम गर्ने मान्छे रहेछ सिंजाली। 'राम्रै छ, काम गर्छ' भनेर साथीले भनेपछि काममा लगाएको हुँ।’

फार्म सञ्चालक कृष्णका अनुसार सिंजाली कम बोल्थे। प्रायजसो रक्सी पिइरहन्थे। पशु फर्म र कृष्णको घरको दूरी नजिकै छ। सधैंजस्तै घटना भएको दिन २६ गते रातको ९ बजेतिर उनी कृष्णको घरमा खाना खान गएका थिए। खाना खान गएको बेला भने सिंजालीले रक्सी नपिएको फार्म संचालक कृष्णको भनाइ छ। त्यसपछि फर्ममा फर्किएका उनी रक्सीको बोतल लिएर फर्किएको प्रहरी अनुसन्धाबाट खुलेको छ।

यो पनि पढ्नुहोस्

रुपन्देही सामूहिक हत्या : मृतकको परिचय खुल्यो, तीन किशोर र श्रीमान्-श्रीमतीको हत्यामंगलबार, जेठ २७, २०७७

रूपन्देही मुगिया बालापुरका ४० वर्षीय माधव मुसहर र उनकी ३७ वर्षीया श्रीमती जानकी मुसहर, सिंजालीका सहकर्मी थिए। उनीहरुसँगै फार्ममा काम गर्थे। त्यहीं सुत्थे। अर्का मृतक १६ वर्षीय पोखराज मुसहर भने अनाथ रहेको र फार्म संचालक कृष्णले सानैदेखि अभिभावकत्व आएका थिए। घटना भएको दिन पोखराज पनि फर्ममै थिए। पोखराजसँगै एउटै स्कूलमा पढ्ने तिलोत्तमा–१० का १६ वर्षीय करण चौधरी, १५ वर्षीय आशिष थारु पनि त्यसदिन फर्ममै सुतेका थिए। ‘सँगै स्कुल पढ्ने भएपछि उनीहरुबीच आउजाउ भइरहने रहेछ। त्यही भएर त्यो दिन फर्ममा सुत्न उनका दुई साथी पनि पुगेका रहेछन्,’ प्रदेश ५ का डिआइजी रवीन्द्र धानुकले भने।

प्रहरीका अनुसार खाना खाएर फार्ममा फर्किएका सिंजालीले लगेको रक्सी फार्ममा रहेका अरुले पनि पिएका थिए। रक्सीले लठ्ठ भएर सुतेको अवस्थामा राती करिब ११ बजेतिरै घटना भएको पाइएको अनुसन्धान समितिका संयोजक राजकुमार वैदवार बताउँछन्।

घटनास्थलमा अनुसन्धान तथा प्रमाण संकलन गर्दै प्रहरी। 

सिंजालीले सुरुमा लौराले हिर्काएका थिए। पछि कोदालो भेटेपछि कोदालाले हानेर हत्या गरेको स्वीकार गरेको एसएसपी वैदवारको भनाइ छ।

000

nimb
nimb
Ncell 2
Ncell 2

सधैंजसो बिहान साढे ५ बजेतिर फार्ममा जाने गरेका कृष्ण २७ गते पनि बिहानै फार्ममा पुगेका थिए। ‘म जाँदा कहिले गेट खुल्लै हुन्थ्यो त कहिले बोलाएर खोल्न लगाउँथे। तर त्यसदिन जति बोलाए पनि ढोका खुलेन,’ प्रहरीसमक्ष फार्म संचालक कृष्णले भनेका छन्, ‘त्यसपछि फर्म नजिकै बस्ने गरेकी जानकी मुसहरकी बहिनीलाई बोलाएँ।’ उनले गेट खोलिदिएपछि कृष्ण फार्मभित्र प्रवेश गरेर हेर्दा अनुहार र भुईंभरी रगत लत्पतिएको र तन्नाले शरीर ढाकेको अवस्थामा पाँच जना लडिरहेका थिए। त्यसपछि कृष्णले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो।

यो पनि पढ्नुहोस्

रुपन्देहीमा पाँच जनाको सामूहिक हत्यामंगलबार, जेठ २७, २०७७

हत्या अभियुक्त भनिएका सिंजालीलाई प्रहरीले फार्म नजिकैबाट बेहोस अवस्थामा फेला पारेको थियो। त्यसपछि तत्काल उपचारका लागि सिंजालीलाई क्रिमसन अस्पताल मणिग्राम पठाइएको थियो। त्यहाँबाट उनलाई थप उपचारकै लागि लुम्बिनी अस्पताल बुटवल पठाइएको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि जिल्ला अदालत रुपन्देहीबाट एक साताको म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा सिंजालीले अपराध स्वीकार गरेको एसएसपी वैदवारले बताए। सिंजालीले आफूलाई हेप्ने, चरित्र हत्या गर्ने, गाउँमा समेत नराम्रो हल्ला फैलाउने गरेकाले त्यसबाट विक्षिप्त भएर आवेगमा आएर हत्या गरेको प्रहरीलाई बयान दिएका छन्। सिंजालीले प्रहरीसमक्ष सिंजालीले भनेका छन्, ‘रिसले चुर भएको थिएँ। हान्दिएँ।’

यो पनि पढ्नुहोस्

पाँच जनाको हत्या गर्ने युवकको बयान- अनि कोदालोले हानेर हत्या गरेंमंगलबार, जेठ २७, २०७७

सिंजालीलाई श्रीमतीले समेत केही महिना पहिला छाडेर गएकी थिइन्। श्रीमतीले छाडेको तनाव छँदै थियो। त्यहाँमाथि काममा समेत किचकिच हुने र हेप्ने गरेकाले मानसिक रूपमा चोट पुग्न गई घटना भएको देखिएको प्रहरीको अनुसन्धानले देखाएको छ। ‘माधव मसुहरका दम्पतीले दिएको पीडाले मानसिक रूपमा चोट पुगेको देखिएको र उचित मौका हेरी सबैलाई ठिक लगाउँछु भन्ने साचेर उक्त हत्याकाण्ड गराएको देखियो,’ प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। योबाहेक घटनामा अरुको संलग्नता छ कि छैन, घटनापछिका अन्य कारण के के हुन् भन्नेबारे थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ। 

प्रहरीले घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको कोदालो, लौरो तन्ना, रक्सीका बोतलहरू प्रमाणका रूपमा संकलन गरेको छ। लुम्बिनी प्रादेशीक अस्पतालमा पोष्टमार्टमपछि मृतक पाँचै जनाको शव बुधबार नै आफन्तको जिम्मा लगाइएको छ। मृतकको भिसेरा परीक्षणको लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा नमुना पठाइएको रुपन्देही प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

५ जनाको हत्या आरोपमा एक युवक पक्राउ, नशामा लठ्ठिएको अवस्थामा फेलामंगलबार, जेठ २७, २०७७

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
रसुवा बाढीबाट भएको क्षतिप्रति राष्ट्रपति पौडेल दुःखी, उद्धार र राहतमा जुट्न आह्वान बुधबार, भदौ १०, २०८३
भोटेकोसीको बाढीपछि अस्पतालमा ‘इमर्जेन्सी मोड’, १०० भन्दा बढी बेड खाली बुधबार, भदौ १०, २०८३
रसुवा बाढीमा फसेका १२ जनाको उद्धार बुधबार, भदौ १०, २०८३
राहत, उद्धार र खोजमा निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने बुधबार, भदौ १०, २०८३
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्