• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

आवेगमा विवेक गुमाउँदा ५ जनाको हत्या : आरोपी सिंजाली भन्छन्- रिसले चुर थिएँ, हान्दिएँ

64x64
नारायण अधिकारी बिहीबार, जेठ २९, २०७७  १४:०७
1140x725

काठमाडौं– रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारका कृष्ण पुनमगरले पशु फार्म सञ्चालन गर्दै आएका थिए। करिब डेढ महिनाअघि कृष्णलाई फोन गर्दै उनको पशुफार्ममा काम गर्न तयार रहेको एक युवाले बताए।

उनले पनि ती युवाको प्रस्ताव स्वीकार्दै काम गर्न आउन भने। ती युवक कृष्णले सञ्चालन गरेको मैनहवास्थित गंगादेवी पशु फार्ममा काम गर्न थाले। यसरी डेढ महिना अघिदेखि गंगादेवी पशु फार्ममा काम गर्ने तिनै युवक हुन्, जसले ५ जनाको बिभत्स हत्या गरेका छन्। उनी हुन् सुर्खेतको लेकबेंसी नगरपालिका–५ घर भएका ३१ वर्षीय झसेन्द्र बहादुर सिंजाली। अहिले उनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा छन्।

‘पहिला नचिनेको नम्बरबाट फोन गर्दै काम गर्ने बताएको थियो,’ प्रहरी समक्ष पशु फर्म सञ्चालक कृष्णले भनेका छन्, ‘पछि बुझ्दा मेरै साथीको फार्ममा काम गर्ने मान्छे रहेछ सिंजाली। 'राम्रै छ, काम गर्छ' भनेर साथीले भनेपछि काममा लगाएको हुँ।’

फार्म सञ्चालक कृष्णका अनुसार सिंजाली कम बोल्थे। प्रायजसो रक्सी पिइरहन्थे। पशु फर्म र कृष्णको घरको दूरी नजिकै छ। सधैंजस्तै घटना भएको दिन २६ गते रातको ९ बजेतिर उनी कृष्णको घरमा खाना खान गएका थिए। खाना खान गएको बेला भने सिंजालीले रक्सी नपिएको फार्म संचालक कृष्णको भनाइ छ। त्यसपछि फर्ममा फर्किएका उनी रक्सीको बोतल लिएर फर्किएको प्रहरी अनुसन्धाबाट खुलेको छ।

यो पनि पढ्नुहोस्

रुपन्देही सामूहिक हत्या : मृतकको परिचय खुल्यो, तीन किशोर र श्रीमान्-श्रीमतीको हत्यामंगलबार, जेठ २७, २०७७

रूपन्देही मुगिया बालापुरका ४० वर्षीय माधव मुसहर र उनकी ३७ वर्षीया श्रीमती जानकी मुसहर, सिंजालीका सहकर्मी थिए। उनीहरुसँगै फार्ममा काम गर्थे। त्यहीं सुत्थे। अर्का मृतक १६ वर्षीय पोखराज मुसहर भने अनाथ रहेको र फार्म संचालक कृष्णले सानैदेखि अभिभावकत्व आएका थिए। घटना भएको दिन पोखराज पनि फर्ममै थिए। पोखराजसँगै एउटै स्कूलमा पढ्ने तिलोत्तमा–१० का १६ वर्षीय करण चौधरी, १५ वर्षीय आशिष थारु पनि त्यसदिन फर्ममै सुतेका थिए। ‘सँगै स्कुल पढ्ने भएपछि उनीहरुबीच आउजाउ भइरहने रहेछ। त्यही भएर त्यो दिन फर्ममा सुत्न उनका दुई साथी पनि पुगेका रहेछन्,’ प्रदेश ५ का डिआइजी रवीन्द्र धानुकले भने।

प्रहरीका अनुसार खाना खाएर फार्ममा फर्किएका सिंजालीले लगेको रक्सी फार्ममा रहेका अरुले पनि पिएका थिए। रक्सीले लठ्ठ भएर सुतेको अवस्थामा राती करिब ११ बजेतिरै घटना भएको पाइएको अनुसन्धान समितिका संयोजक राजकुमार वैदवार बताउँछन्।

घटनास्थलमा अनुसन्धान तथा प्रमाण संकलन गर्दै प्रहरी। 

सिंजालीले सुरुमा लौराले हिर्काएका थिए। पछि कोदालो भेटेपछि कोदालाले हानेर हत्या गरेको स्वीकार गरेको एसएसपी वैदवारको भनाइ छ।

000

Ncell 2
Ncell 2

सधैंजसो बिहान साढे ५ बजेतिर फार्ममा जाने गरेका कृष्ण २७ गते पनि बिहानै फार्ममा पुगेका थिए। ‘म जाँदा कहिले गेट खुल्लै हुन्थ्यो त कहिले बोलाएर खोल्न लगाउँथे। तर त्यसदिन जति बोलाए पनि ढोका खुलेन,’ प्रहरीसमक्ष फार्म संचालक कृष्णले भनेका छन्, ‘त्यसपछि फर्म नजिकै बस्ने गरेकी जानकी मुसहरकी बहिनीलाई बोलाएँ।’ उनले गेट खोलिदिएपछि कृष्ण फार्मभित्र प्रवेश गरेर हेर्दा अनुहार र भुईंभरी रगत लत्पतिएको र तन्नाले शरीर ढाकेको अवस्थामा पाँच जना लडिरहेका थिए। त्यसपछि कृष्णले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो।

यो पनि पढ्नुहोस्

रुपन्देहीमा पाँच जनाको सामूहिक हत्यामंगलबार, जेठ २७, २०७७

हत्या अभियुक्त भनिएका सिंजालीलाई प्रहरीले फार्म नजिकैबाट बेहोस अवस्थामा फेला पारेको थियो। त्यसपछि तत्काल उपचारका लागि सिंजालीलाई क्रिमसन अस्पताल मणिग्राम पठाइएको थियो। त्यहाँबाट उनलाई थप उपचारकै लागि लुम्बिनी अस्पताल बुटवल पठाइएको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि जिल्ला अदालत रुपन्देहीबाट एक साताको म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा सिंजालीले अपराध स्वीकार गरेको एसएसपी वैदवारले बताए। सिंजालीले आफूलाई हेप्ने, चरित्र हत्या गर्ने, गाउँमा समेत नराम्रो हल्ला फैलाउने गरेकाले त्यसबाट विक्षिप्त भएर आवेगमा आएर हत्या गरेको प्रहरीलाई बयान दिएका छन्। सिंजालीले प्रहरीसमक्ष सिंजालीले भनेका छन्, ‘रिसले चुर भएको थिएँ। हान्दिएँ।’

यो पनि पढ्नुहोस्

पाँच जनाको हत्या गर्ने युवकको बयान- अनि कोदालोले हानेर हत्या गरेंमंगलबार, जेठ २७, २०७७

सिंजालीलाई श्रीमतीले समेत केही महिना पहिला छाडेर गएकी थिइन्। श्रीमतीले छाडेको तनाव छँदै थियो। त्यहाँमाथि काममा समेत किचकिच हुने र हेप्ने गरेकाले मानसिक रूपमा चोट पुग्न गई घटना भएको देखिएको प्रहरीको अनुसन्धानले देखाएको छ। ‘माधव मसुहरका दम्पतीले दिएको पीडाले मानसिक रूपमा चोट पुगेको देखिएको र उचित मौका हेरी सबैलाई ठिक लगाउँछु भन्ने साचेर उक्त हत्याकाण्ड गराएको देखियो,’ प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। योबाहेक घटनामा अरुको संलग्नता छ कि छैन, घटनापछिका अन्य कारण के के हुन् भन्नेबारे थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ। 

प्रहरीले घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको कोदालो, लौरो तन्ना, रक्सीका बोतलहरू प्रमाणका रूपमा संकलन गरेको छ। लुम्बिनी प्रादेशीक अस्पतालमा पोष्टमार्टमपछि मृतक पाँचै जनाको शव बुधबार नै आफन्तको जिम्मा लगाइएको छ। मृतकको भिसेरा परीक्षणको लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा नमुना पठाइएको रुपन्देही प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

५ जनाको हत्या आरोपमा एक युवक पक्राउ, नशामा लठ्ठिएको अवस्थामा फेलामंगलबार, जेठ २७, २०७७

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
गृहमन्त्री अर्यालले पाए सरकारको प्रवक्ताको जिम्मेवारी बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्