प्रतीकात्मक फोटो काठमाडौं- रुपन्देहीमा सामूहिक हत्या गरिएका पाँच जनाकै परिचय खुलेको छ।
मारिनेमा रूपन्देही मुगिया बालापुरका ४० वर्षीय माधव मुसहर र उनकी ३७ वर्षीया श्रीमती जानकी मुसहर छिन्। त्यस्तै, रुपन्देहीको तिलोत्तमा-१० का १६ वर्षीय करण चौधरी, १५ वर्षीय आशिष चौधरी र ठेगाना नखुलेका एक १४ वर्षीय पोखराज मुसहर रहेको प्रदेश ५ का डिआइजी रवीन्द्र धानुकले जानकारी दिए।
मारिनेहरु तिलोत्तमा नगरपालिका- १० कान्छिबजारका कृष्ण पुनले सञ्चालन गरेको गंगादेवी पशुफार्ममा कार्यरत थिए।
हत्यामा संलग्न भएको अरोपमा सुर्खेत घर भई सोही फार्ममा कार्यरत ३१ वर्षीय झकेन्द्र सिंजाली पक्राउ परेका छन्। ती युवकलाई उक्त फार्मभन्दा केही पर नशामा लठ्ठिएर बसेको अवस्थामा फेला पारिएको थियो।
हत्या आरोपमा पक्राउ परेका व्यक्ति समेत नसामा लठ्ठिएको अवस्थामा फेला परेकाले उनले नशालु पदार्थ खुवाएर हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ।
घटनास्थलमा नशालु पदार्थ र र बियरका बोतल समेत भेटिएका छन्। घटनाको अनुसन्धानका लागि एसएसपी राजकुमार वैदवारको टोली घटनास्थलतर्फ गइसकेको छ।
सम्बन्धितः
रुपन्देहीमा पाँच जनाको सामूहिक हत्या
रुपन्देही पाँच जनाको हत्या आरोपमा एक युवक पक्राउ, नशामा लठ्ठिएको अवस्थामा फेला
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।