• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मोडेल परमिता चढेको गाडी दुर्घटना गराउने मल्ललाई सर्वोच्चले छाड्यो ५ लाख धरौटीमा

जिल्ला र उच्चको आदेश बदर गर्दा चलखेलको आशंका
64x64
दुर्गा दुलाल बुधबार, असार ३१, २०७७  १९:५०
1140x725

काठमाडौं- सर्वोच्च अदालतले राजधानीको बुढानीलकण्ठमा मदिरा सेवन गरेर गाडी चलाई ठक्कर दिएर पैदल यात्रुको ज्यान लिने कार चालक पृथ्वी मल्ललाई ५ लाख धरौटीमा छोडेको छ। 

सर्वोच्चले जिल्ला अदालत र उच्च अदालत पाटनले थुनामा पठाएका मल्ललाई धरौटीमात्र माग गरेको हो। सर्वोच्चले धरौटी माग गरेको रकम बुझाएर मल्ल छुटेका छन्। 

उक्त दुर्घटना भएको गाडीमा मोडेल परमिता राणा समेत रहेकी थिइन्। न्यायाधीश सपना प्रधानमल्ल र मनोजकुमार शर्माको इजलाशले १० वर्षसम्म कैद सजाय माग भएका  मल्ललाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो।  

यो पनि पढ्नुहोस्

हिरोइन परमिता चढेको कारले यसरी लिएको थियो लिलाको ज्यान [बयानसहित]आइतबार, पुस २७, २०७६

काठमाडौं जिल्ला अदालतले २०७६ पुस २३ गते  पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। जिल्लाले थुनामा पठाएपछि मल्ल उच्च अदालत पाटन पुगेका थिए। उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनीहरु सर्वोच्च पुगेका थिए। २०७६ मंसिर २८ गते बिहान मन्दिर दर्शन गरेर फर्किरहेकी गोर्खाकी लिला देवकोटालाई बुढानिलकण्ठमा मल्लले चलाएको कारले ठक्कर दिएको थियो। देवकोटालाई तत्कालै अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको थियो।

रातभर ठमेलमा मदिरा सेवन गरेका २१ वर्षीय मल्ल बिहानीपख शिवपुरी पुगेर फर्कनेक्रममा उनी आफैंले चलाएको कारले अनियन्त्रित भई पैदल यात्रु देवकोटालाई ठक्कर दिएको थियो। 

यसरी भएको थियो घटना 
बुढानीलकण्ठ प्रहरी कार्यालयदेखि विष्णुमति खोलातर्फ आउने सडकमा यो ‘हिट एन्ड रन’ को घटना भएको थियो। घटनास्थलभन्दा उत्तरमा बुढानीलकण्ठ स्कुल रहेको छ। दक्षिणमा जस्ताले छाएको मोटरसाइकल ग्यारेज भएको टहरो हुँदै बिजुलीको कुच्चिएको पोलमा मल्लले गाडीले हिर्काएका थिए। सोही सडक पेटीमा मन्दिरबाट फर्किएकी महिलालाई उनले प्रहार गरी भागेका थिए।

यो पनि पढ्नुहोस्

'त्यो दिन म भित्रभित्रै मरिरहेकी थिएँ'बिहीबार, पुस २४, २०७६

मन्दिर गएर फर्किएकी लिला देवकोटा मन्दिरमा पूजा गरेर घर फर्कँदै गर्दा कारको ठक्करले घरसम्म पुग्न पाइनन्। फुटपाथमा हिँड्दै गरेका बेला बा १४ च ६१२३ नम्बरको कारले ठक्कर दिएपछि गोरखा घर भएकी ४० वर्षीया देवकोटा गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि न्यूरो अस्पताल बाँसबारी पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए। 
उक्त भयानक दुर्घटनाका प्रतिवादी कार चालक पृथ्वी मल्ललाई जिल्ला अदालत काठमाडौंले पुस २३ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ बमोजिमको कसुरमा उनलाई पुर्पक्षका लागि जेल पठाइएको हो। उक्त कसुरमा १० वर्षसम्मको कैद सजाय माग गर्दै मल्लविरुद्ध मुद्दा दर्ता भएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

मल्लले बयानमा भनेका थिए- डेनिअल्स रक्सीले झ्याप थिएँ, दुर्घटना भएपछि थाहा पाएँ
अध्ययनको सिलसिलामा पृथ्वी मल्ल विगत १ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए। उनी गत मंसिर २३ गते बिदामा काठमाडौं फर्किएका थिए। त्यसको केही दिन साथीभाइ भेटघाटमा व्यस्त रहेका मल्ल २७ गते साँझ साढे ५ बजे बा १४ च ६१२३ नम्बरको कार लिएर घुम्न निस्कन्छन्।

त्यसपछि नक्सालस्थित नारायणचौरको जिम हल पुग्छन् मल्ल। त्यहाँ उनले करिब २ घन्टा बिताउँछन्। ‘बेलुका साढे ७ बजेतिर मेरो साथी करिश मास्केले फोन गरेर बोलाएपछि म उसलाई लिन छाउनी गएँ,’ बयानमा मल्लले भनेका छन्।

त्यसपछि उनीहरु दुई जना बालुवाटारस्थित पलिन्ज गार्डेन रेस्टुरेन्ट पुग्छन्। खाना खान्छन्। राती करिब ९ बजे उनीहरू त्यहाँबाट ठमेल हानिन्छन्। ठमेलस्थित कोशिस रेस्टुरेन्टमा साथी भएकाले भेट्न गएको उनको बयान छ। ‘पृथ्वीले तीनवटा बियर खायो। मैले पनि हल्का पिएँ,’ करिशले बयानमा भनेका छन्।

तर पृथ्वी भने त्यहाँ केही पनि खानपिन नभएको दाबी गर्छन्। त्यहाँ लामै गफ हुन्छ। करिशकै एक साथीलाई ट्याक्सीमार्फत् उनीहरूले थापाथली पुर्‍याउँछन्। त्यसपछि फर्केर उनीहरु ठमेलको एलओडी क्लब पुग्छन्। त्यसबेला रातको साढे १ बजिसकेको हुन्छ।

एलओडीमा मदिरासँगै उनीहरू एकछिन झुम्मिन्छन्। त्यसपछि बिहान साढे ४ बजे ठमेलकै सेनेठ भन्ने अर्को क्लबमा पुग्छन्। जहाँ करिशका दुई जना साथीहरु हुन्छन्, मोडेल परमिता राणा र मनिषा।

उक्त क्लबबाट नायिका परमिता, मनिषा र करिशलाई कारमा लिएर पृथ्वी बाहिरिन्छन्। ‘ग्रिनभ्याली रिसोर्टमा खाना खाने भनेर हामी निस्केका थियौं,’ करिशले बयानमा भनेका छन्।

त्यसबेला अधिकांश पसल बन्द थिए। गोल्फुटारमा रहेको बिगमार्ट भने खुल्लै थियो। उनीहरू चारै जना त्यहीँ छिरे। चिप्स, चक्लेट र अन्य जंक फुड किने। जंक फुड खाँदै उनीहरुले ग्रिनभ्याली रिसोर्ट पुगे। रिसोर्टमा पुगेर खाना अर्डर गर्दा बिहान करिब ८ बजेको थियो।

प्याक गरेको खाना लिएर उनीहरू पुनः सोही बाटो हुँदै घर फर्किए। ‘म र दुई केटी साथी पछाडिको सिटमा बसेर प्याक गरेको खाना खाँदै थियौं। पृथ्वीले गाडी चलाएको थियो। बुढानीलकण्ठ स्कुल अगाडि आएपछि कार अनियन्त्रित भई सडकपेटीमा ठोक्किन पुगेछ,’ करिशले भने, ‘सिटबाट झेरेर हेर्दा एउटा मोटरसाइकल कच्याककुचुक भएको थियो। एक महिला रक्ताम्य भएर भुईंमा लडेकी थिइन्।

उता चालक पृथ्वीले पनि लापरबाहीका कारण दुर्घटना हुँदा देवकोटाको मृत्यु भएको स्वीकार गरेका छन्। पृथ्वीले बयानमा भनेका छन्, ‘रातभरको अनिँदो र डेनिअल्स रक्सीले म झ्याप थिएँ। बुढानीलकण्ठको पुल कटेपछि कार अनियन्त्रित भई विपरीत दिशातर्फ हिँड्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएपछि झ्ल्याँस्स ब्युझिएँ।’

चालक पृथ्वी यतिसम्म झ्याप थिए कि उनको लाइसेन्स मापसे गरेको भनेर ट्राफिकले लगेको थियो। ट्राफिकले काटेको चिटसमेत उनले हराएको कुरा प्रहरी समक्ष बताएका छन्। करिब १२ घन्टाभन्दा अघिदेखि गरेको लगातारको रक्सी सेवन, अनिँदो र थकान हुँदाहुँदै पनि लापरबाही गर्दै कार चलाएकाले दुर्घटना हुन पुगेको प्रहरीको निष्कर्ष छ। उनको स्वास्थ्य परीक्षणमा समेत अत्यधिक मदिरा सेवन गरेको पाइएको थियो।

शंकास्पद छ आदेश 
सर्वाेच्चले गरेको धरौटीमा रिहा गर्ने आदेश शंकास्पद भएको सरकारी अधिकारीको टिप्पणी छ। महान्यायाधीवक्ता कार्यालयका एक अधिकृतले विदेशमा भाग्न सक्ने सम्भावना भएको व्यक्ति रहेको र ३ वर्षदेखि १० वर्षसम्म कैद माग भएको मुद्दाका प्रतिवादीलाई सहजै धरौटीमा छाड्नु शंकास्पद भएको बताए।  

जिल्ला र उच्चले पुर्पक्षका लागि थुनामा कारागार चलान भएको र अभियुक्तले  रातभर रक्सी खाएको, गलत दिशामा ठक्कर दिएको, नेपाली सवारी अनुमतिपत्र समेत नभएको र बिहान भएको भयानक दुर्घटनामा सहज रुपमा छोड्न नमिल्ने ती अधिकारीले बताए। मल्ल अमेरिका बस्ने मानिस भएको र भोलि भाग्ने सक्ने अवस्था भएकाले दुई तहका अदालतले धरौटी नछोडेको र यदि उनी विदेश गएमा जिम्मा कसले लिने भन्दै उनले आदेशमा धेरै शंका रहेको बताए।

यो पनि पढ्नुहोस्

मापसे गरी सवारी चलाएर पैदल यात्रीको ज्यान लिएका चालक जेल चलानबुधबार, पुस २३, २०७६

यो पनि पढ्नुहोस्

बुढानीलकण्ठ ‘हिट एन्ड रन’मा पैदलयात्रुको ज्यान लिने मल्ललाई सर्वोच्चले छाड्यो धरौटीमाबुधबार, असार ३१, २०७७

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १९:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी बुधबार, भदौ १०, २०८३
त्रिशूलीमा बाढीको जोखिम बढेपछि देउवाको अपिल, ‘समयमै सुरक्षित रहनुहोस्’ बुधबार, भदौ १०, २०८३
भोटेकोशी बाढी: त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो बुधबार, भदौ १०, २०८३
रसुवा बाढीमा गगनको अपिल : सरकारलाई पूर्ण सहयोग गर्छौँ, उद्धारमा जुटौँ बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्