काठमाडौँ– राजधानीको बुढानीलकण्ठमा तीन साता अघि ठक्कर दिएर पैदल यात्रुको ज्यान लिने कार चालक पृथ्वी मल्ल कारागार चलान भएका छन्।
काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्दै मल्ललाई कारागार चलान गरेको हो।
गत मंसिर २८ गते बिहान मन्दिर दर्शन गरेर फर्किरहेकी गोर्खाकी लिला देवकोटालाई बुढानिलकण्ठमा मल्लले चलाएको कारले ठक्कर दिएको थियो।
देवकोटालाई तत्कालै अस्पताल पुर्याइए पनि ज्यान जोगिन सकेन।
रातभर ठमेलमा मदिरा सेवन गरेका २१ वर्षीय मल्ल बिहानीपख शिवपुरी पुगेर फर्कनेक्रममा उनले चलाएको निजी कारले अनियन्त्रित भई पैदल यात्रुलाई ठक्कर दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।