काठमाडौं - नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व शुक्रबारबाट सुरु भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका सिक्का वा धातुका भाँडाकुँडा किनेर घरमा ल्याई पूजा गरेर धनतेरस मनाउने परम्परा रही आएको छ ।
धनतेरसलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले सुनचाँदीका सिक्का बिक्री आज पनि वितरण गर्ने जनाएको छ । बबरमहलस्थित कार्यालयबाट हिजोदेखि सुनचाँदीका सिक्का बिक्री सुरु गरिएको थियो ।
त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ । आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र त्यसै दिन साँझ लक्ष्मीपूजा गरिने धार्मिक क्यालेण्डर छ । कात्तिक २५ गते भाइटीका परेको छ ।
चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले ६ दिनको भएको पञ्जाछड. निर्णायक समितिले जनाएको छ ।
मिथिला क्षेत्रमा कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन साँझपख दीपमालिका गर्ने चलन छ । यसैदिन धातुका सामान जस्तै भाँडाकुँडा र गहना, खरेटो, धनियाँसहितका सामग्री किन्ने प्रचलन रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।