सोल-दक्षिण कोरियामा आगामी वर्षका लागि श्रमिकको तलब १ दशमलव ५ प्रतिशतले वृद्धि गरिएको छ। ज्याला निर्धारण समितिको सोमबार रातिको बैठकले यो वर्ष कोरियामा न्यूनतम तलब प्रति घण्टा ८ हजार ५ सय ९० वन रहेकोमा त्यसमा १ सय ३० कोरियन वनले वृद्धि गर्ने निर्णय गरेको हो।
यसपछि कोरियामा आगामी वर्ष प्रतिघण्टा तलब ८ हजार ७ सय २० वन हुनेछ।
आगामी वर्ष २०२१ देखि यहाँ कार्यरत श्रमिकले मासिक २ सय ९ घण्टा काम गरेवापत १८ लाख २२ हजार ४ सय ८० अर्थात् करीब १ लाख ८० हजार नेपाली रुपैयाँ पाउने छन्।
सन् १९९८ यताकै न्यून ज्याला वृद्धि गरिएको भन्दै यहाँ क्रियाशील मजदूर संगठनले भने उक्त निर्णय बहिस्कार गरेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।