काठमाडाैं- भिसा आएर पनि रोजगारीका लागि दक्षिण काेरिया जान नपाएका युवाहरु फेरि आन्दोलनमा उत्रिएका छन्। रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राख्दै उनीहरु आन्दाेलनमा उत्रेका हुन्।
सरकारले उनीहरुको माग सुनुवाई नगरेको भन्दै उनीहरु मंगलबार पुनः आन्दोलनमा उत्रिएका हुन्। यसअघि असार २४ गते पनि उनीहरुले कोरिया जान पाउनुपर्ने माग राख्दै माइतीघरमा प्रदर्शन गरेका थिए।
उनीहरुले सरकारले आफूहरुलाई देशभित्रै रोजगारी उपलब्ध गराउनुपर्ने होइन भने कोरियाको बाटो खुल्ला गर्नुपर्ने माग गरेका छन्। कोरियाली सरकारसँग समन्वय गरेर तत्काल रोजगारी खुला नगरे करिब ५ हजार युवाहरुको रोजगारी गुम्ने अवस्था रहेको बताइएको छ।
तस्बिरमा युवाहरुकाे आन्दाेलन:







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।