टोकियोे- जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ।
ज्वालामुखी विस्फोटका कारण सयौँ मिटरमाथि आकाशमा आगोका लप्का पुगेका थियो। माउन्ट आइओ नाम दिइएको ज्वालामुखीका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रशासनले हिमाली क्षेत्रनजिक नबस्न सबैलाई सूचना गरेको छ।
जापान मौसम विज्ञानसम्बन्धी निकाय जेएमएका माकोतो साइतोका अनुसार अझ केही समयसम्म माउन्ट आइओ थप सक्रिय हुन सक्ने सम्भावना रहेको छ।
साइतोले टेलिभिजनमार्फत गरेको प्रेस सम्मेलनमा उनले हिमाली क्षेत्रका बासिन्दालाई माउन्ट किरिसिमा क्षेत्रबाट टाढा रहेर आफ्नो सुरक्षाका लागि सावधानी अपनाउन आग्रह गरे।
माउन्ट किरिसिमा क्षेत्रमा सन् १७६८ पछि ज्वालामुखी विस्फोट भएको यो पहिलो घटना हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।