काठमाडौं– वैदेशिक रोजगारीमा १०० कामदार पठाउन नसक्ने म्यानपावर कम्पनी नवीकरण हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
शुक्रबार संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले म्यानपावर नवीकरणका लागि बाधा अड्काउ फुकाउने प्रस्ताव पारित गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका हुन्।
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण वैदेशिक रोजगार व्यवसाय ठप्प भएको भन्दै गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा पछिल्ला दुई आर्थिक वर्षमा १०० कामदार पठाउन नसकेकै कारण म्यानपावरको इजाजत खारेज हुने व्यवस्था हटाउन वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्ने निर्णय गरेको थियो।
छलफलका क्रममा सांसदहरुले १०० कामदार पठाउन नसक्ने म्यानपावर कम्पनी नवीकरण गर्नुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको तर कोरोनाका कारण व्यवसाय ठप्प रहेकाले एक आर्थिक वर्षका लागि नवीकरण गराउने व्यवस्था मिलाउन आग्रह गरे।
वैदेशिक रोजगार ऐन २०६४ मा केही नेपाल ऐन संशोधनका लागि बनेको ऐन २०७५ (प्रमाणीकरण मिति २०७५ /११/१९)ले थप गरेको दफा १३ (२) ले पछिल्ला दुई आर्थिक वर्षमा १०० कामदार पठाउन नसक्ने म्यानपावर स्वतः खारेज हुने व्यवस्था गरिएको थियो। सो व्यवस्थाअनुसार ५१२ म्यानपावर कम्पनी खारेजी हुने अवस्थामा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।