काठमाडौं–वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तथा अंगभंग भएका व्यक्तिहरुका १६ सय ९९ बालबालिकालाई वैदेशिक रोजगार बोर्डले छात्रवृत्ति दिने भएको छ।
शैक्षिक सत्र २०७६/०७७ मा शैक्षिक सहायतास्वरुप १६ सय ९९ बालबालिकालाई छात्रवृति उपलब्ध गराउने निर्णय भएको बोर्डले जनाएको छ। छनोट भएकामा ५८ जिल्लाका छात्रछात्रा छन्।
बोर्डले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु तथा अंगभंग भई बोर्डबाट शतप्रतिशत आर्थिक सहायता प्राप्त गर्ने श्रमिकका छोराछोरीलाई शैक्षिक सहायता उपलब्ध गराउँदै आएको छ ।
शैक्षिक सहायतास्वरुप प्राथमिक तथा निम्नमाध्यामिक तहसम्मको अध्ययनका लागि वार्षिक ८ हजार र माध्यमिक तहसम्मको अध्ययनका लागि वार्षिक १२ हजार उपलब्ध गराइने बोर्डले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।