काठमाडौं–कोरोनाका कारण अप्ठ्यारो परेका १५६ नेपाली आज स्वदेश फर्किएका छन्।
युएई, मलेसिया र कतार गरी ३ वटा मुलुकबाट ६ उडानमार्फत् उनीहरु स्वदेश फर्किएका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार विदेशमा अलपत्र नेपालीको उद्धारका लागि बिहीबार १० वटा उडान तय गरिएको छ। ती उडानमार्फत् कुवेत, साउदी, कतार, मलेसियालगायत मुलुकमा अप्ठ्यारोमा परेका नेपालीहरु स्वदेश फर्काइने विमानस्थलले जनाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।