नयाँदिल्ली- भारतको राजधानी नयाँ देल्लीमा नौलो शैलीमा लागूऔषध ओसारपोसार गर्ने गिरोह पक्राउ परेको छ। नयाँदिल्लीको पहाडगन्ज क्षेत्रबाट लागूऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले दुई ब्राजिलियन र एक नाइजेरियन नागरिकलाई लागूऔषध कोकिनसहित पक्राउ गरेको छ।
उनीहरुले परिवार नियोजनको अस्थायी साधन कन्डोमभित्र कोकिनलाई तरल बनाएर राखी तस्करी गरेको भेटिएको हो।
पहाडगन्जको एक गेस्टहाउसमा एनसिबी टोलीले २ केजी ६ सय ग्राम कोकिन कन्डोममा भरेर टिनको बट्टामा राखेको अवस्थामा उनीहरुलाई गिरफ्तार गरेक हो।
एनसिबीका क्षेत्रीय निर्देशक माधव सिंहका अनुसार दक्षिण अमेरिकी देशबाट खाद्य पदार्थमा लुकाएर तरल कोकिनको तस्करी गर्ने अफ्रिकी गिरोहले सञ्चालन गरेको यो नयाँ शैली हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।