• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

म्यानपावर नवीकरणको टुंगो नलाग्दा व्यवसायीमा बढ्यो छटपटी

64x64
नेपाल लाइभ बुधबार, असार २४, २०७७  ०९:४५
1140x725

काठमाडौं– आर्थिक वर्ष सकिनै लाग्दा पनि पछिल्ला दुई आर्थिक वर्षमा १०० कामदार पठाउन नसक्ने म्यानपावर नवीकरणको विषय टुंगो नलाग्दा म्यानपावर व्यवसायीहरुमा छटपटी बढेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पनि म्यानपावर नवीकरणमा देखिएको बाधा अड्काउ फुकाउने प्रस्ताव पारित गर्न नसक्दा म्यानपावर व्यवसायीमा थप छटपटी बढेको हो।

विगत १० महिनादेखि यो प्रावधान हटाउन आफूहरुले सरकारसँग माग गरे पनि सरकारले सुनुवाईमा ढिलाई गरेको भन्दै मंगलबारदेखि चरणबद्ध आन्दोलनको तयारी गरेका व्यवसायीहरुले सो आन्दोलन मंगलबारका लागि स्थगित गरेका थिए। वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले इजातज नवीकरणका लागि वार्षिक १०० जना कामदार पठाउनुपर्ने बाध्यात्मक व्यवस्थाको सम्बन्धमा सम्बन्धित निकायबाट प्रक्रिया अन्तिम चरणमा पुगेकाले निर्धारित दबाबमुलक कार्यक्रम मंगलबारका लागि स्थगित गरेको बताएका थिए। तर, मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो प्रावधानको टुंगो लगाउन नसकेपछि व्यवसायीहरु पुनः निराश बनेका छन्।

‘आपत्तकालीन अवस्थामा पनि सरकारले व्यवसायीहरुको मर्का बुझेन। पैसा नभई काम नै नहुने जस्तो ऐन संशोधन गर्ने निर्णय भएको ३ महिना बित्न लागिसक्यो। समयले डाँडाँ काट्यो तर काम हुने छाँटकाँट छैन,’ एक व्यवसायीले भने। व्यवसायीको समस्यामाथि सरकारले मजाक गरिरहे आफूहरु कडा आन्दोलनमा उत्रिन बाध्य हुने ती व्यवसायीको भनाई छ।

Ncell 2
Ncell 2

यसअघि तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले च्याउ सरी खुलेका म्यानपावर कम्पनीहरुमार्फत वैदेशिक रोजगारीका नाममा ठगी र अपराध बढेको भन्दै म्यानपावर कम्पनी छाँटकाँट गर्न यो प्रावधान अघि सारेका थिए। उनैले धरौटी वृद्धि गर्नुका साथै पछिल्ला दुई आर्थिक वर्षमा १०० भन्दा कम कामदार पठाउने म्यानपावर खारेज हुने प्रावधान ल्याएका थिए। वैदेशिक रोजगार ऐन २०६४ मा केही नेपाल ऐन संशोधनका लागि बनेको ऐन २०७५ (प्रमाणिकरण मिति २०७५/११/१९)ले थप गरेको दफा १३ (२) मा सो व्यवस्था गरिएको छ।

पछिल्लो समय कोरोना महामारीका कारण वैदेशिक रोजगार व्यवसाय ठप्प भएको भन्दै गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा पछिल्ला दुई आर्थिक वर्षमा १०० कामदार पठाउन नसकेकै कारण म्यानपावरको इजाजत खारेज हुने व्यवस्था हटाउन वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्ले निर्णय गरेकै ३ महिना बितिसक्दा पनि ऐन संशोधन भने हुन सकेको छैन।

चालु आर्थिक वर्ष सकिनै लागेको छ। वैदेशिक रोजगार विभागले असार मसान्तसम्म सबै म्यानपावरले इजाजत नवीकरण गरिसक्नुपर्ने जनाएको छ। इजाजत नवीकरण गर्न अन्य कागजातसँगै पछिल्लो दुई आर्थिक वर्ष (७५/०७६ र ०७६/०७७)मा प्रत्येक वर्ष कम्तीमा एक सयजना कामदार वैदेशिक रोजगारीमा पठाएको प्रमाणीत हुने कागजात अनिवार्य गरिएको छ। यो प्रावधान कायमै रहेमा ५ सय १२ म्यानपावरहरु खारेजी हुने अवस्थामा रहेको बताइएको छ।

केही समय अगाडि म्यानपावर नवीकरणको विषयलाई लिएर श्रममन्त्री रामेश्वर राय यादवले ती खारेज हुने अवस्थाका म्यानपावरसँग १/१ लाखका दरले घुस मागेको आरोप लागेको थियो। मन्त्री यादवले आफूमाथि लागेको आरोप मिथ्या भएको भन्दै स्पष्टिकरण दिइसकेका छन्। आरोप प्रमाणीत गर्न चुनौती दिएका मन्त्री यादवले आरोप प्रमाणीत भएमा आफूले राजनीति जीवनबाटै सन्यास लिने बताएका छन्।

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  ०९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शंकर पोखरेलको दाबी– रास्वपाको सुरुवाती जोश अब कमजोर हुँदै गएको छ
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी
निर्वाचन व्यवस्थापनका लागि बजेट स्वीकृति, ६ अर्ब ३६ करोड रुपैयाँ निकासा
सम्बन्धित सामग्री
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदीका समकक्षी मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद वि... सोमबार, माघ १२, २०८२
सरकारी विज्ञापनको भुक्तानीमा तेस्रो पक्षको बिल अनिवार्य पेश गर्न निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार (मंसिर ७) मा प्रधानमन्त्री कार्यालयलाई पत्र पठाउँदै सरकारी विज्ञापनमा हुने अनियमितता नियन्... सोमबार, मंसिर ८, २०८२
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए केन्द्रका अनुसार म्याग्दीको दुई हजार ७५० हेक्टर क्षेत्रमा वार्षिक तीन हजार ३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ। समुद्री सतहदेखि तीन हज... आइतबार, कात्तिक ३०, २०८२
ताजा समाचारसबै
शंकर पोखरेलको दाबी– रास्वपाको सुरुवाती जोश अब कमजोर हुँदै गएको छ शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
निर्वाचन व्यवस्थापनका लागि बजेट स्वीकृति, ६ अर्ब ३६ करोड रुपैयाँ निकासा शुक्रबार, माघ १६, २०८२
बालेनको प्रचारमा गएका पत्रकार सिटौला अचानक ढलेपछि सेनाको जहाजमा काठमाडौं ल्याइँदै शुक्रबार, माघ १६, २०८२
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्