एजेन्सी- सिरियाको अफ्रिन जिल्लाबाट मात्रै अहिलेसम्म एक लाख ३७ हजार जना विस्थापित भएका छन्।
संयुक्त राष्ट्रसंघका प्रवक्ताले बुधबार दिएको जानकारी अनुसार गत जून २० देखि सुरु भएको सैन्य कारबाही र द्वन्द्वका कारण उनीहरु विस्थापित भएका हुन्।
नियमित पत्रकार सम्मेलनमा राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी समन्वय कार्यालयलाई उद्धृत गर्दै महासचिव एन्टोनिओ गुथ्रेसका प्रवक्ता स्टेफन डुजार्रिकले यति धेरै विस्थापित भएको तथ्यांक बुधबार सार्वजनिक गरेका हुन्। अफ्रिनबाट विस्थापित भएकालाई राष्ट्रसंघको तर्फबाट विभिन्न सहयोग सामग्री प्रदान गरिदै आएको पनि उनले बताए।
राष्ट्रसंघले सो जिल्लामा प्रत्यक्ष र नियमित सम्पर्क गर्न र सहयोग गर्न भने नपाएको प्रवक्ता स्टेफनको भनाइ छ।
'विस्थापितलाई मानवीय सहायताका लागि सहज र नियमित पहुँचको चुनौती हामीले भोगिरहेका छौं', स्टेफनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।