काठमाडौं– आइतबार (आज) विभिन्न ३ वटा मुलुकबाट ६ सय ४ नेपालीहरु स्वदेश फर्किएका छन्। कतार, युएई र कुवेतबाट कोरोनाका कारण समस्या परेका नेपालीहरु स्वदेश फर्किएका हुन्।
कतारको दोहाबाट नेपाल एयरलाइन्सको उडानमार्फत १४७ र हिमालय एयरलाइन्सको उडानमार्फत १५२ गरी २९९ नेपाली स्वदेश फर्किएका हुन्। त्यस्तै युएईबाट १४९ र कुवेतबाट १५६ नेपाली फर्किएका हुन्।
सोमबार विदेशमा अप्ठ्यारो परेका नेपालीहरु उद्धारका लागि साउदी, युएई, मलेसिया, बहराइन गरी ५ वटा अन्तर्राष्ट्रिय उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।