फाइल तस्बिर काठमाडौं- वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलमा वैदेशिक रोजगारीमा जाने ३ सय बढीले पुनः श्रम स्वीकृति लिएका छन्। आइतबारमात्रै ३ सय ७ जनाले पुनः श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ।
२५४ पुरुष र ४९ जना महिलाले पुनः श्रम स्वीकृति लिएका हुन्। बहराइन, ब्रुनाई, जापान, कुवेत, मलेसिया, माल्टा, पोल्याण्ड ओमान, कतार, दक्षिण कोरिया, युएईलगायत विभिन्न १८ वटा मुलुकमा जान श्रमिकहरुले पुनः श्रम स्वीकृति लिएका हुन्। बिदामा नेपाल आएर लकडाउनका कारण गन्तव्य मुलुक जान नपाएका तथा विभिन्न कारण स्वदेश फर्किएका तर करार अवधि नसकिएका श्रमिकहरुलाई पुनः श्रम स्वीकृति प्रदान गरिएको हो।
उनीहरुले स्वास्थ्य मापदण्ड पालना गरी वैदेशिक रोजगारीमा जान कोरोना परीक्षण गरी ७ दिनभित्रको पिसिआर नेगेभि रिर्पोट पेश गर्नुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।