अङ्कारा- टर्कीमा राष्ट्रपतिको निर्वाचन निर्धारित मितिभन्दा एक वर्षअघि नै हुने भएको छ। सन् २०१९ को नोभेम्बरमा हुनेगरी तय भएको निर्वाचन आगामी जुन २४ मा हुने भएको हो।
'कार्यकारी राष्ट्रपतिको निर्वाचन गर्न राष्ट्रको भविष्यका लागि जरूरी देखिएकोले जुन २४ मै राष्ट्रपति तथा संसदको निर्वाचन हुने मिति तय गरिएको छ,' टर्कीका राष्ट्रपति रेसेप तैयप एडोगानले बुधबार अङ्करामा पत्रकारहरुलाई भने।
टर्कीको नेसनलिष्ट मुभमेन्ट पार्टी (एमएचपी) का नेता देभलेट बाहसेलीले सरकारलाई आकस्किम निर्वाचन गर्न आग्रह गरेको एक दिनपछि राष्ट्रपतिको यो भनाइ आएको हो।
टर्कीको जनमत सङ्ग्रहमा कार्यकारी राष्ट्रपतिका लागि अभिमत जारी गरेको कुरालाई छिट्टै कार्यान्वयनमा लान तोकिएको मितिभन्दा एक वर्षपहिले निर्वाचन मितिको घोषणा भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।