• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

स्थानीय तहमा १४ अर्ब २५ करोड बेरुजु, ल्यापटप लुकाउनेदेखि व्यक्तिगत खातामा पैसा राख्नेसम्म

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ६, २०७५  ००:४५
1140x725

काठमाडौं– स्थानीय तहमा १४ अर्ब २५ करोड रकम बेरुजु देखिएको छ। देशभरका ७४४ स्थानीय तहमध्ये ७३८ को १ खर्ब ८० अर्ब ३१ करोडको लेखापरीक्षण सम्पन्न भएकोमा औसतमा ७.९० प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयको
प्रतिवेदनमा उल्लेख छ।

उक्त बेरुजुमध्ये असुल गर्नुपर्ने ७० करोड अनियमितता भएको, ७ अर्ब ४६ करोड पेस्कीको नाममा वितरण भएको र बाँकी ६ अर्ब ७ करोड विभिन्न शीर्षकमा बेरुजु रहेको छ।

२०७४ असार मसान्तसम्म गठन भएका ७४४ स्थानीय तहमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७५ नगरपालिका र ४४६ गाउँपालिकासमेत गरी ७३८ स्थानीय तहको लेखापरीक्षण महालेखाले गरेको थियो। एक नगरपालिका र ५ गाउँपालिकाले लेखापरीक्षण नै गराएका छैनन्।  

मुख्य व्यहोरा
पूर्वी चौकी गाउँपालिका (साबिक पोखरी गाविस), डोटीका सचिवले रु ३८ लाख ४५ हजार र शिखर नगरपालिका (साबिक जिजोडामाडौं गाविस) का सचिवले रु २९ लाख ७५ हजार रकम हिनामिना गरेको पाइएको प्रतिवेदनले उल्लेख गरेको छ।

खाँदबारी नगरपालिकामा खातामा भन्दा बैंकमा ७६ लाख ५० हजार घटी मौज्दात देखिएको छ भने वीरगन्ज महानगरपालिकाले सम्पत्ति कर २६ करोड ९७ लाख असुल गर्न बाँकी राखेको छ। 

विराटनगर महानगरपालिकाले रु ३ करोड ७७ लाख घरजग्गा कर असुल गर्न बाँकी राखेको महालेखाले जनाएको छ। महोत्तरीका एक नगरपालिका र ५ गाउँपालिका (साबिक २८ गाविस) ले १६ करोड ८९ लाखको लेखापरीक्षण गराएका छैनन्। साबिक ३ हजार १५७ गाउँविकास समितिको सम्पत्ति र दायित्व स्थानीय तहमा हस्तान्तरण नभएको पनि महालेखाले जनाएको छ।

साबिक ५४२ गाविसमा बाँकी रहेको १५ करोड ७४ लाख २९ हजार रुपैयाँ स्थानीय तहमा जिम्मेवारी सरिएको छैन भने २७८ स्थानीय तहले बिलभरपाई बेगर रु २२  करोड ८१ लाख ८१ हजार खर्च गरेका छन्।

२०७ स्थानीय तहले उठाउनुपर्ने आन्तरिक आय रु ११ करोड २ लाख ७९ हजार असुल गरेका छैनन्। ६७५ स्थानीय तहले अग्रिम कर रु ५ करोड ५ लाख ४१ हजार कट्टी नगरी भुक्तानी गरेका छन् भने ७१ स्थानीय तहले सञ्चित कोष दाखिला गर्नुपर्ने रु २१ करोड ९२ लाख २२ हजार दाखिला नगरेको महालेखाको प्रतिवेदनले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्ता छन् स्थानीय तहमा असुल हुनुपर्ने रकम 

सम्पत्ति हस्तान्तरण भएन
आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ५३ (२) मा कुनै कार्यालय खारेज वा गाभ्ने निर्णय भएको ३५ दिनमा कार्यालय खारेज भएको मानिन्छ। गाभिएको ३५ दिनभित्र जिन्सी सामानको प्रतिवेदन तयार गरी वा गर्न लगाई मन्त्रालय वा विभागले त्यस्तो सामान लिने दिने व्यवस्था मिलाउनुपर्ने हुन्छ। सरकारले २०७३ फागुन २७ देखि साबिकका ७५ जिल्ला विकास समिति अन्तर्गत ३ हजार १ सय ५७ गाविसलाई नयाँ संरचनाअनुसार गाउँपालिका तथा नगरपालिकामा गाभ्ने निर्णय गरेको थियो। उक्त निर्णय भएको एक वर्षसम्म पनि स्थानीय तहका उक्त सम्पत्ति नबुझाएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। 

घर, जग्गा, मोटर, मोटरसाइकल, टेलिभिजन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, दराज, सोफा लगायतका जिन्सी सामानको लगत तयार गरी हस्तान्तरण गरेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ। 

नगद जिम्मेवारी 
आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ५३ (२) अनुसार साबिक ३ हजार १५७ गाविस, ७४४ गाउँ/नगरपालिकामा गाभिएकोमा उक्त स्थानीय तहमा रहेको १५ करोड ७४ लाख २९ हजार रकमको जिम्मेवारी सरेको नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।  

Xtrem

Xtrem

सोझै खरिद 
भक्तपुर, पाँचथर, चितवन लगायत १४७ स्थानीय तहले सार्वजनिक निर्माण, फर्निचर लगायत सामान खरिदमा प्रतिस्पर्धा बेगर सोझै खरिद गरी ३५ करोड ५ लाख ९८ हजार भुक्तानी गरेका छन्। 

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ (२) मा खरिद गर्दा प्रतिस्पर्धा सीमित हुने गरी टुक्राटुक्रा पारी खरिद गर्न नहुने व्यवस्था छ। तर उनीहरुले यसको बेवास्ता गरेको महालेखाको टिप्पणी छ।

काठमाडौं महानगरपालिकाले १५ करोड २४ लाख ६२ हजारको विभिन्न सामान खरिद गरेकोमा ४ करोड ६५ लाख ७८ हजार सोझै खरिद गरेको छ। यसरी सोझै गरिएको खरिद गरेको कार्य नियमसम्मत नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। 

बिल भरपाई 
बिलैबिनै २७८ गाउँ/नगरपालिकाले यो वर्ष २२ करोड ८१ लाख ८१ हजार खर्च गरेका छन्।

स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४ को नियम ४६ (३) मा खर्च गर्दा खर्चको बिल भरपाई सहितको लेखा राख्नुपर्ने हुन्छ। महालेखाका अनुसार दोरम्बा गाउँपालिका, रामेछाप, गौमूल गाउँपालिका बाजुरा, भरतपुर महानगरपालिका लगायत २७८ गाउँ/नगरपालिकाले बिल भरपाई नराखी रकम भुक्तानी गरेका छन्।

उक्त खर्चका सम्बन्धमा छानबिन गरी कारबाही गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ।

आनुपातिक कट्टी 
कामै नगरेका उपभोक्ता समितिलाई विभिन्न उपमहानगर, नगर र गाउँपालिकाले ८२ लाख २२ हजार बराबर रकम वितरण गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। 

तुल्सीपुर उपमहानगरपालिका, बुढीगंगा नगरपालिका बाजुरा, भरतपुर महानगरपालिका समेत ५३ गाउँ/नगरपालिकाले १४७ उपभोक्ता समितिलाई सम्झौता अनुसार ७ करोड ६ लाख १६ हजार भुक्तानी दिनुपर्नेमा ७ करोड ८८ लाख ३८ हजार भुक्तानी दिई ८२ लाख २२ हजार रकम अतिरिक्त भुक्तानी भएकाले असुल हुनुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ।

उपभोक्ता समितिमार्फत सञ्चालित योजनामा सम्झौता अनुसारको योगदानभन्दा कम काम भएमा कार्यालयले दिने अनुदान रकममा समेत आनुपातिक हिसाबबाट कट्टा गरेर भुक्तानी दिनुपर्ने व्यवस्था छ। 

स्रेस्ता नै गायब
केही स्थानीय निकायहरुले लेखा परीक्षणका लागि कार्यालयमा हुनुपर्ने स्रेस्ता नै गायब पार्दै २३ करोड बराबर अनियमितता लुकाउने प्रयास गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। 

महोत्तरीको गौशाला नगरपालिका र पिपरा, मनहरा, महोत्तरी, लोहारपट्टी, सम्सी ५ गाउँपालिका समेत ६ स्थानीय तहले स्रेस्ता नभएको भन्दै लेखापरीक्षण गरानन्। पर्साको ६६, सप्तरीको १, काभ्रेपलाञ्चोकको १ समेत ६८ साबिक गाविसले कारोबारको अंकसमेत पेस नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। साथै धनुषाका १२, बाराका ४, सिराहाको १, रौतहटका ५, ललितपुरका ३, मकवानपुरका ११, सिन्धुपाल्चोकको १ र मुगुका २, गोरखाका २, नवलपरासीको १ समेत ४२ साबिक गाविसले २३ करोड ७७ लाख ९२ हजारको लेखापरीक्षण नगराएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक कार्यविधि नियमावलीमा कार्यालय प्रमुखले महालेखा परीक्षकको कार्यालयबाट तोकिएबमोजिम लेखा र आर्थिक विवरण पेस गरी अन्तिम लेखापरीक्षण गराउनुपर्ने व्यवस्थाविपरीत कार्य गरेकाले स्रेस्ता पेस नगर्ने पदाधिकारीलाई आवश्यक कारबाही गर्न पनि महालेखाले सिफारिस गरेको छ।

डोटीको साबिक पोखरी गाविसका सचिवले २०७३ साल साउनदेखि फागुन २७ सम्म निकासा भएको चालू, पुजीगत, सामाजिक सुरक्षा भत्ता र गत वर्षको मौज्दात समेत ३८ लाख ४५ हजारको स्रेस्ता नराखी रकम हिनामिना गरेकाले प्रचलित कानुनबमोजिम कारबाही गर्न महालेखाले भनेको छ।

शिखर नगरपालिका, साबिक जिजोडामाडौं गाविस डोटीका सचिवले खातामा निकासा भएको ५६ लाख ५५ हजारमध्ये स्रेस्ता नराखी पुँजीगत खाताबाट १३ लाख ६ हजार र चालू खाताबाट १६ लाख ६९ हजार समेत २९ लाख ७५ हजार झिकी हिनामिना  गरेको प्रतिवेदनमा उल्लेख छ।

घटी मौज्दात 
कार्यालयको रकम आफ्नै खातामै राख्दै अनियमितता गरेको महालेखाले पाएको छ। खाँदबारी नगरपालिकाले स्रेस्तामा २ करोड १६ लाख ४१ हजार मौज्दात  देखाएकोमा बैंकमा १ करोड ३९ लाख ९१ हजारमात्र प्राप्त भएको ७६ लाख ५० हजार रुपैयाँ व्यक्तिगत खातामा जम्मा भएको महालेखाको प्रतिवेदनमा उल्लेख  छ। 

स्थानीय निकाय आर्थिक प्रशासन नियमावलीमा कार्यालयले मासिक बैंक हिसाब समायोजन गर्नुपर्दछ। 

दक्षिणकाली नगरपालिका फर्पिङ, जिरी नगरपालिका दोलखा, तेमाल गाउँपालिका काभ्रेपलाञ्चोक लगायत ३२ गाउँ/नगरपालिकाले स्रेस्तामा भन्दा बैंकमा १४ करोड ७५ लाख ६३ हजार बढी रकम देखाएका छन्। फिदिम नगरपालिका पाँचथर, नौकुण्ड गाउँपालिका रसुवा, उत्तरगया गाउँपालिका रसुवा समेत ३९ स्थानीय तहले ४ करोड ८३ लाख ५७ हजार घटी देखाएकोमा बैंक समायोजन हिसाब तयार गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। 

एकल बोर्डको निर्णय
हेटौंडा उपमहानगरपालिकाको परिषद्बाट पारित योजना र बजेटलाई एकल बोर्डको निर्णयको आधारमा खण्डीकरण गरी परिषद्ले पारित नगरेका १०१ योजनामा ९७ लाख ४३ हजार खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। 

स्थानीय निकाय आर्थिक प्रशासन नियमावलीमा नगर परिषद्बाट स्वीकृत कार्यक्रम र बजेटको सीमाभित्र रही अधिकार प्राप्त अधिकारीले निर्धारित कार्यमा खर्च गर्नुपर्ने व्यवस्था छ। तर यसविपरित कार्य भएको महालेखाले ठहर गरेको छ।

आर्थिक सहायता
स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधिमा स्थानीय निकायले संस्थागत वा कार्यक्रमिक सहयोग उपलब्ध गराउन निषेध गरेकोमा हेटौंडा उपमहानगरपालिका कार्यालयले विभिन्न २३ संघसंस्था तथा व्यक्तिलाई कार्यक्रम  सहयोगको रुपमा ११ लाख ३७ हजार भुक्तानी दिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै मुगुस्थित छायाँनाथ नगरपालिका, सारु गाउँपालिका र मुगुमकारमारोङ्ग गाउँपालिकाले पुँजीगत खर्चबाट ९ लाख ७५ हजार आर्थिक सहायता समेत २१ लाख १२ हजार खर्च लेखेर अनियमितता गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। 

सामाजिक सुरक्षा 
हेटौंडा उपमहानगरपालिका लगायत केही स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता लिने व्यक्ति नआएकाले २२ करोड १६ लाख रुपैयाँ मौज्दात रहेको छ। सो रकम फिर्ता हुनुपर्ने महालेखाले भनेको छ।

आन्तरिक आय 
स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा २१५, २१६, २१७ र २१८ मा गाउँ/नगरपालिका कार्यालयले कर, दस्तुर, सेवा शुल्क र बिक्रीबाट आय आर्जन गर्न सक्ने व्यवस्था छ।

महालेखाको प्रतिवेदन अनुसार २०७ गाउँ/नगरपालिका ११ करोड २ लाख ७९ हजार असुल गर्न बाँकी देखाएको उल्लेख छ। 

विगत वर्षको ७० करोड १३ लाख ७ हजार र यो वर्ष २८० संस्था एवं व्यक्तिसँग ३ करोड ८९ लाख ७२ हजार समेत गरी उक्त रकम आन्तरिक स्रोतको उठ्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। 

तुल्सीपुर उपमहानगरपालिकाको नगरपरिषद्को निर्णयले वधशाला सञ्चालन गर्दै आएको मासु व्यवसायी समितिलाई २०७१/७२ देखि नयाँ बसपार्कमा रहेको ४१ स्टलमा पशु वधशाला सञ्चालन गर्न दिने र प्रतिस्टल प्रतिमहिना १ हजार २ सयका दरले वार्षिक ५ लाख ९० हजार लिने निर्णय गरेको भए पनि उक्त रकम असुल गरेको नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। 

कार्यालयमा रहेको अभिलेख अनुसार २०७४ असारसम्म भाडा २१ लाख ६५ हजार र २० प्रतिशत जरिवाना ४ लाख ६९ हजार समेत २६ लाख ३४ हजार असुल गर्न बाँकी रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। उक्त रकम असुल गर्न पनि महालेखाले भनेको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  ००:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो
सम्बन्धित सामग्री
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार साँझ उक्त सडक खण्डमा झन्डै १०० मिटर भाग चर्किएको र २० मिटर सडक खण्ड भासिएपछि सवारी आवागमन रोकिएको हो । शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला न्यायाधीशहरु हरिप्रसाद फूयाल र सुनिलकुमार पोखरेलको इजलासले सापकोटालाई गैरकानुनी थुनामा राखेकाले तत्काल थुनामुक्त गर्नुपर्ने माग गरेक... शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न चतुर्भुजले शुक्रवार आयोगको पुल्चोकस्थित कार्यालयमा निवेदन दर्ता गराउँदै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्